गैर आबासीय नेपाली संघ बेल्जियमले सद्स्यता बितरण अभियान सुरु गरेकोछ । संसार भरिका गैर आबासीय नेपालीहरुलाई एउटै डाटाबेसमा पन्जिक्रित गरी हरेक सदस्यको ज्ञान, शिप, पेशा ब्यवसायलाई पनि सुचिक्रित गर्ने र देशहितका लागि आबस्यक जनशक्तीको तथ्याँक राख्ने उद्द्यस्यले संघको केन्द्रीय नीति अन्तरगत बितरण गर्न लागिएको यो पटकको सदस्यता बिदेशमा बस्ने नेपाली र नेपाली मुलका हरेक ब्यक्तिका लागी बिशेष महत्वको हुनेछ ।
नेपाल सरकारले नेपाल अधिराज्यको सम्बिधान अनुसार प्रदान गर्ने गैरआबासीय नेपाली नागरिकता प्राप्त गर्न संघको सदस्य हुनु पर्ने ब्यबस्था गरेकोले अहिले स्वतस्फुर्त सदस्य बन्न अनलाईन आबेदन गर्ने सङ्ख्या बढेको छ । आबेदन खुला गरिए पछी हाल सम्म करीब पाच सय सदस्य बनिसकेको र अन्य थुप्रैले अनलाईन आबेदन गर्ने बारे जानकारी मागी रहेको सदस्यता बितरण समितिका संयोजक खड्क केसीले बताउनु भएको छ ।
अनलाईन सदस्य बन्ने प्रकृया केही झन्झटिलो भएको गुनासो आएकोले सहजिकरण गर्नको लागि एन्तवेरपेन , लुभेन , ब्रुसेल , घेन्ट ब्रुग्गे ओस्टेन्डे क्षेत्रमा सदस्यता क्याम्पेनिङ गर्ने तयारी भैरहेको एनअारएनए बेल्जियमका अध्यक्ष लोक दाहालले जानकारी गराउनु भएकोछ ।
गैर आबासीय नागरिकता लिन निबेदन दिदा आफु बसेको देशको एनआरएन कार्ड चाहिने र तत्काल कार्ड बनाउन सम्भब नहुने हुँदा सबैलाई अधिबेशन अगाडिनै सदस्यता लिईदिन संघले अनुरोध गरेकोछ ।