चारदिशा, बेल्जियम ,
बेल्जियमको एन्तवेर्पेन शहरमा बसोबास गर्दै आएका नेपाली समुदायले शिवरात्रीको अबसरमा भजन किर्तन सहित शिव पूजा गरी मनाएका छन । शिवपुजाका लागि बर्त बसेका महिलाहरुले पन्डित बिदुरको शास्त्रीय नीर्देशनमा सामुहिक पूजा गरेका थिए भने भजनमन्डलीले भजन किर्तन र न्रित्य प्रस्तुत गरेका थिए ।
प्रबासमा रहेको दोश्रो पूस्तालाई आफ्नो संस्क्रितिको बारेमा रुची जगाउन र युरोपको ब्यस्त र तनाबयुक्त जिबशैलीबाट राहत पाउन आध्यात्मिक चिन्तन र शान्तीको लागि शिव पूजाको आयोजना गरेको कार्यक्रमको सन्योजन गर्नु भएका मदन गुरुङले बताउनु भयो ।
बेल्जियम र युरोपियन युनियनका लागि नेपाली राजदुत लोक बहादुर थापा र श्रीमती नानु अधिकारी थापाले प्रमुख अतिथिको रुपमा पूजा अर्चना गर्नु भएको थियो भने गैर आबासीय नेपाली संघको युरोप सन्योजक शिव कुमार बरुवाल, अाइसिसी सदस्य पदम गुरुङ, पर्यटनदुत बिनोद न्यौपाने, लगायत नेपाली र युरोपियन भक्तजनहरु पूजामा सहभागि हुनु भएको थियो । चन्द्र ढकाल राम पुन लगायतका अग्रजहरुको सक्रियतामा कार्यक्रमको आयोजना गरिएको थियो ।