अन्तररास्ट्रीय नेपाली कलाकार समाज इनास को बेल्जियम शाखाले आगामी मार्च 31 तारिखमा बेल्जियममा हुने युरोप स्तरिय न्रित्य तथा गायन प्रतियोगिताको लागि बेल्जियमको तर्फ बाट भाग लिने प्रतियोगीहरु छनोट सम्पन्न गरेको छ । शनिबार बेल्जियमको एन्टवेर्पेन शहरमा भएको छनोट प्रतियोगिता बाट न्रित्यको लागि रस्किन दाहाल निशा चित्रकार र मिङ्मा देकी शेर्पा छनोट भएका छन भने गायनमा श्रीभा राणा र आस्रित अधिकारी छनोट भएका छन । न्रित्त्यमा प्रियाा रोका, शोभा ढुंगाना र गायनमा सविना नेपाली लाई प्रतिक्षा सुचीमा चयन् गरिएको छ ।
पार्वती अधिकारी, दीपिका केसी र उपेन्द्र थापाको निर्णायक मन्डलले लोक न्रित्य र आधुनिक न्रित्य प्रस्तुत गरेका प्रतियोगी हरुबाट उत्कृष्ट तीनजना चयन् गरेका थिए भने अर्जुन शाही ( लाहुरे कान्छा ) , हिना कार्की र सनोज रिजालको निर्णायकमन्डलले लोक र आधुनिक गीत प्रस्तुत गरी आफ्नो प्रतिभा प्रस्तुत गरेका प्रतियोगीहरुबाट दुईजनालाई छनोट गरेका थिए ।
गैर आबासीय नेपाली संघका युरोप सन्योजक शिव बरुवालको प्रमुख आथित्यता र इनास बेल्जियमका अध्यक्ष श्याम श्रेष्ठको सभापतित्वामा भएको कार्यक्रममा इनासकी ग्लोबल रेप्रिजेन्टेतिभ सोफिया महर्जन कार्की , इनास युरोप सन्योजक अर्जुन काफ्ले , एभरेस्ट समाज ब्रुगेका अध्यक्ष कृष्ण श्रेष्ठ लागायतका अथितीहरुको उपस्थितिमा भएको कार्यक्रमको सन्चालन सोफिया महर्जन कार्की, बिनिता रिमाल कडेल र एदीना केसीले गरेका थिए ।
इनास युरोप सन्योजक अर्जुन काफ्लेका अनुसार मार्च 31 मा हुने युरोप स्तरीय न्रित्य तथा गायन प्रतियोगिताका लागि युरोपका बिभिन्न देशमा छनोट प्रतियोगिता भैरहेको र केही देशले छनोट प्रकृया पुरा गरेर सहभागीताको लागि आबेदन गरी सकेका छन । बेल्जियममा आयोजना हुन लागेको युरोप स्तरीय कार्यक्रमको ब्यबस्थापन उत्तम बनाउन आफुहरु सक्दो प्रयास गरिरहेको इनास बेल्जियम का अध्यक्ष श्याम श्रेष्ठले बताउनु भएको छ ।