मिस नेपाल साईप्रसको उपाधी श्रुती राणाले जितेकी छिन, गत आईतवार लिमासोलमा सम्पन्न भएको प्रतियोगितामा साईप्रसमा बसोबास गर्ने सोह्र जना सुन्दरीहरुले भाग लिएका थिए । क्लब एन्जे हेल्थ एन्ड ब्युटी, क्याथि एजुकेसन र राकेश फुयाल को आयोजना र ब्यबस्थापनमा भएको प्रतियोगितामा जिके राउन्ड,परिचय, ट्यालेन्ट शो , प्रस्नोत्तर राउन्ड, ब्युटी विथ प्रपोस, हेड टू हेड राउन्ड गरी सात चरण गरेर छनोट गरिएको थियो।
फिस्ता लुइगी, निराजन खत्री, बिसु पाण्डे , नाताली गिओगिउ र आन्थी निकोलैदेसको निर्णायकमन्डलले अन्तिम चरणमा गरेको निर्णय अनुसार श्रुति राणाले २०१९ को मिस नेपाल साइप्रसको ताज जितेकी छिन् भने फस्ट रनरअप श्रृटिना मान्धर , सेकेन्ड रनरअप तुलसा बुढाथोकी र थर्डरनरअप रन्जु बोहोरा र स्टार अफ नेपालको उपाधी रोसी योन्जनले जितेका छन । बिजेताहरुलाई नगद पुरुस्कार सहित उपहार बितरण गरिएको थियो ।