भट्ट र भट्टराईलाई गोर्खा समाज र एनआरएनएको स्वागत

0

चारदिशा ,बेल्जियम ,

पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई र गैर आबासीय नेपाली संघका अध्यक्ष भबन भट्ट एनआरएनए फ्रान्स र गोरखा समाज फ्रान्सले आयोजना गरेको अन्तरक्रियामा सहभागी हुनुभएको छ।

पेरिसमा आयोजित संयुक्त कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री डा भट्टराईले युरोपले अबलम्बन गरेको सँघियता र बिकासको जमिनी अबलोकनको लागि आफु युरोप भ्रमणमा आएको र युरोपबासी नेपालीहरुले यहाँको प्रबिधी र शिप नेपाल भित्र्याउन चासो राखेको देख्दा खुशी लागेको बताउनु भयो । साथै जहाँ बसे पनि आफ्नो जन्माभुमिलाई सकेको सहयोग गर्न आभ्वान गर्नु भयो ।

संघका अध्यक्ष भबन भट्टले  पनि गैर अाबसिय नेपाली सघले विश्व भरी छरिएर रहेका नेपालीहरुको देश प्रेमलाई राष्ट्रको बिकासको लागि प्रयोग गर्न  पुलको काम गरी रहेको बताउनु भयो ।

गैर आबासीय नेपाली संघका अध्यक्ष एकेन्द्र मल्लको सभापतित्वमा भएको कार्यक्रममा गोरखाली समाजका अध्यक्ष सुरेन्द्र काप्री नेपाली राजदुतावासका नियोग लेखनाथ भट्टराई, एन आर एन फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, एन आर एन युरोपियन क्षेत्रिय संयोजक एकराज गिरी, एन आर एन एन ए केन्द्रीय महिला संयोजक श्रीमती रजनी प्रधान, एनआर एन हनरि काउनसिल मेम्वर गोविन्द सुवेदि, केन्द्रिय सल्लाहकार रबिन्द्र मान श्रेष्ठ, एन आर एन ए एन सी सी बेल्जिएमका अध्यक्ष लोक दाहाल, एन आर एन फ्रान्सबाट अन्तरास्ट्रीय समन्वय परिषद् सदस्य सुवर्ण बिक्रम हमाल, निवर्तमान अध्यक्ष भक्त बहादुर वाग्ले, पूर्ब अध्यक्ष घनश्याम पौडेल, गोरखाली समाजका उपाध्यक्ष रामेश्वर श्रेष्ठका साथै बिभन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो । कार्यक्रमको सन्चालन एनआरएनए फ्रान्सका सचिब प्रबिण सापकोटा गोर्खा समाजका महसचिब राजेन्द्रबाबु श्रेष्ठले गर्नु भएको थियो ।

यसै गरी गोर्खा समाज बेल्जियमले पूर्व प्रधानमन्त्री डा भट्टराईको स्वागत र छलफल कार्यक्रम आयोजना गर्‍यो । समाजका अध्यक्ष राम घलेको सभापतित्वमा भएको कार्यक्रमको सन्चालन तेज नेपालीले गर्नुभएको थियो । बेल्जियमबासी गोर्खाली र अन्य संघ संस्थाका पदाधिकारी उपस्थित कार्यक्रममा डा भट्टराईले जिल्लाको बिकासका लागि सकेको सहयोग गर्न र सामाजिक एकता दरिलो बनाउदै नेपाली समुदायलाई स्थापित बनाउन आग्रह गर्नु भएको थियो ।

Leave A Reply

Your email address will not be published.