द्रोण रिजाल, नेदरल्यान्ड्स,n
नेदरल्यान्ड्सको राजधानी आमस्तर्दाममा मार्च १८ का दिन नेपाल पर्यटन बोर्ड र नेपाल बिकास प्रतिष्ठानको संयुक्त आयोजनामा रास्ट्रिय नेपाल दिवस ( नेपाल डे ) मनाइयो |
वेनेलक्सका लागि नेपाल सरकारका राजदूत लोक बहादुर थापा र नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष साथै पर्यटन दूत शशी पौडेलले संयुक्त रुपमा पानसमा बत्ति बालेर कार्यक्रम उद्घाटन गरेका थिए |
नेपालको प्राकृतिक सम्पदाहरुको प्रचार प्रसार गर्ने, नेपाली उत्पादनहरुको युरोपेली बजारहरुमा परिचित गराउने, नेपालको पर्यटन ब्यबसायलाई यूरोपभरी प्रवर्धन गर्ने साथै दुई देश बिचमा ब्यापारिक सदभाव अझ बढाउदै जाने उदेश्यका साथ उक्त रास्ट्रिय नेपाल दिवस आयोजना गरिएको थियो | विभिन्न नेपाली जातजाति हरुलाई पहिचान गराउने उदेश्यले नेदरल्यान्ड्समा रहेका इनासका कलाकार हरुले विभिन्न भेषभुषामा सजिएरआगन्तुकहरुलाई नेपालको पहिचान देखाउन सफल भएका थिए |
बिना अक्सिजन सफल सगरमाथा आरोही विल्को भान माउरिकले कार्यशाला गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए भने वाईल्ड गिज नामक संथा मार्फत नेपालमा भएका कामहरु र आगामी दिनमा गर्न सक्ने सम्भावित कामहरुका बारेमा अन्तरक्रिया गरिएको थियो | नेपालमा संचालित आमा घर पाठशाला सम्बन्धमा बाल सेवा फाउन्डेसनका अध्यक्ष रोवर्ट भान माउरिकले भए गरिएका उपलब्धिहरु प्रस्तुत गरेका थिए |
त्यसै गरि नेपालको पर्यटन प्रवर्धन सम्बन्धमा ट्राभल्स नेपाल कम्पनीका डच नागरिक हेल्भिख रिज वोसले आफ्नो कार्यपत्र र चेन्ज गेम एकाडमी लगायत एक दर्जन नेदरल्यान्ड्सका परोपकारी डच संथाहरुले आ-आफ्नो प्रस्तुतीकरण गरेका थिए | गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद नेदरल्यान्ड्सका अध्यक्ष ठाकुर प्रसाद शर्मा ले नेपाली हरुको अवस्थाको बारेमा जानकारी गराउदै आफ्नो मन्तब्य राखेका थिए |
नेपालको पछिल्लो राजनैतिक तथा आर्थिक अवस्थाहरुको बिषयहरुमा नेपाल बिकास प्रतिष्ठानका अध्यक्ष तथा पर्यटन दूत शशी पौडेलले सहभागी हरुलाई जानकारी गराए | कार्यक्रम स्थल नजिकै डच नागरिकहरु बाटै नेपालको भौगोलिक र सामाजिक अवस्था ढल्किन सामाग्रीहरु को स्टल राखिएकाले कार्यक्रम स्थल अझ आकर्सक देखिएको थियो |
गैर आवासीय नेपाली संघ रास्ट्रिय समन्वय परिषद् नेदरल्यान्ड्सको आयोजनामा आमस्तर्दाम बाट नेपाली झण्डा सहित विभिन्न संघसंथाका पदाधिकारीहरु सहितको भब्य समूह आधा घण्टाको पैदलयात्रा गर्दै कार्यक्रम स्थल पुगेको थियो |