चारदिशा, बेल्जियम,

युरोपमा अहिले गर्मीको बिदा मनाउन जानेहरुलाई सेवा प्रदान गर्नका लागि बिभिन्न ब्यापारिक मेलाहरु आयोजना भैरहेका छन । आफ्नो आउदो छुट्टी कुन देशमा मनाउने भनेर योजना बनाइरहेका युरोपियन नागरिकहरुलाई आफ्नो देश वा आफुले सेवा दिने क्षेत्रको भ्रमण गराउन र आफ्नो कला सँस्क्रिती बारे चासो जगाउन विश्वभरीका सरकारी निकाय , पर्यटन सम्बन्धी संस्था एबम ब्यापारिक संस्थानहरु यी मेला र प्रदर्शनीहरुमा भाग लिई रहेका छन ।

बेल्जियम स्थित नेपाली दुताबासको सन्योजनमा बेल्जियमका गैर आबासिय नेपालीहरुले साठी बर्ष देखि चली रहेको ब्रसेल्स होलिडे फेयर र चालीस बर्ष देखि लाग्ने एन्त्वेरपेन भाकान्सी सालोनमा सहभागिता जनाएर नेपालको प्राकृतिक सुन्दरता, सांस्कृतिक बिरासत, प्राचीन र बर्तमान नेपाली जनजीबन बारे अबगत गराउदै नेपाल उत्तम पर्यटकीय गन्तब्य भएकोले नेपाल घुम्नका लागि आगन्तुकहरुलाई आमन्त्रित गरे । स्वयम्भु र पशुपतिनाथको कलात्मक स्तुपा र मन्दिर निर्माण गरीएको र अन्य बिभिन्न नेपाल झल्किने पोस्टरले सजिसजाउ नेपाली स्टलमा ब्रसेल्समा चार दिन एन्ट्वेर्पेनमा चारै दिन चलेको फेयरमा उत्सुकहरुको भिडभाड देखिन्थ्यो ।

बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापा, उपनियओग प्रमुख सुधिर कुमार भट्टराई लगायतका अधिकारी , गैर आबासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाल, आइसिसी सदस्यहरु , केन्दीय सचिब जानकी गुरुङ , महिला संयोजक रजनी प्रधान, युरोप संयोजक शिव बरुवाल, पर्यटनदुत बिनोद न्यौपाने, रबिन्द्रमान श्रेष्ठ , बेल्जियम नेपाल फ्रेन्डशिप एसोसियसनका डाक्टर लूक, दान्नी भरहासल्त र नेपाली कन्सुलेत रोजर लगायत बिभिन्न संघ संस्थाका पदाधिकारीहरुले मेला सफल बनाउन सकृय सहभागीता जनाउनु भएको थियो भने बेल्जियममा सकृय जनजातीय संगठनहरुले झाकी र कलाकार संघ बेल्जियमले नेपाली न्रित्य र संगीत प्रस्तुत गरेको थियो ।

संसार भरिका चार सय भन्दा बढी पर्यतन सम्बद्ध संस्थाहरु सह्भागी भएका दुबै मेलामा नेपाल पनि यात्रााको लागि सुरक्षित, आनददायक, स्मरण योग्य, मनोरन्जनले भरिपूर्ण छ भनी बताउन कुनै कसर बाँकी राखिएको थिएन । शान्तीका अग्रदुत गौतम बुद्ध र सर्बोच्च शिखर सगरमाथाको देश भनेर सुने पछी जो कोही पनि नेपाल यात्राको कल्पनामा डुबेको र नेपाल भ्रमणको लागि आबस्यक जानकारी मागेको मेलामा खटेका स्वयमसेबीहरुले बताउछन । बिबिध स्वादको नेपाली अर्गानिक कफी र चिया बितरण गरिएको मेलामा नेपाली खानपिनको बारेमा पनि आगन्तुकहरुले चासो राखेको थिए ।

ब्रसेल्समा थाईल्यान्ड र जापानको बिचमा रहेको नेपालको स्टलमा बेल्जियमका फ्लामिस प्रदेशका पर्यटन सम्बन्धी मन्त्री बेन वेइत्स र फ्रेन्च वालोनी प्रदेशका पर्यटन सम्बन्धी मन्त्री रेने कोलिन लगायत बिशिष्ठ ब्यक्तीहरुले अबलोकन गरेका थिए । मन्त्री द्वय लगायत अन्य अगन्तुकहरुलाई राजदुत थापाले नेपाली टोपी लगाइ दिएर स्टलमा स्वागत गर्नु भएको थियो ।
नेपाल लगायत बीस देशका राजदुतहरुलाई आमन्त्रण गरिएको सो ब्रसेल्स होलिडे फेयरको उद्घाटन समारोह पछी नेपालको स्टलको अबलोकन गरेका सबै बिशिष्ठ ब्यक्तिहरुले नेपालको प्रसंशा गरेको राजदुत थापाले बताउनु भएको छ । एन्त्वेर्पेनमा असी हजार भन्दा बढी र ब्रसेल्समा एक लाख भन्दा बढी आगन्तुकहरुले अबलोकन गरेको मेला मा नेपालको सहभागिताले अबस्य पनि नेपालमा पर्यटकको ब्रिद्धी गर्न सहयोग पुग्ने विश्वाश गरिएको छ ।