लुुभेन, बेल्जियम,
प्रवासी नेपाली एकता समाज बेल्जियमको आयोजनामा हिजो २१ तारीखमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस चियापान सहित् एक समारोहका साथ मनाईयो ।

सहभागीहरुले पुुष्पार्पण तथा मैनबत्ती प्रज्वलन गरी राष्ट्रनिर्माताप्रति श्रद्धाञ्जलि प्रकट गरेका थिए । कार्यक्रममा अतिथीको आसनबाट एनआरएन बेल्जियमका उपाध्यक्ष गोविन्द सिंह अधिकारी र जनसम्पर्क समिति बेल्जियमकी अध्यक्ष सीता सापकोटाले राष्ट्र निर्माताको पौरखले नेपाली हुनुुको गौरव प्राप्त भएको तथ्य स्मरण गर्दै उहाँका सद्गुणहरुको अवलम्बन अहिलेको समयमा अझ जरुरी रहेको कुुरा बताउनुु भएको थियो ।

प्रनेएस ल्भेन क्षेत्रका अध्यक्ष रामचन्द्र पाठकको समभापतित्वमा भएको समारोहको सँचालन दीपेन्द्र केसी र स्वागत महेन्द्र पन्तले गर्नुभएको थियो ।