मेलमिलाप दिवस सम्पन्न”

0

जगदिश सापकोटा,

नेपाली जनसम्पर्क समिती बेल्जियले ३१ डिसेम्बर अर्थात पुस १६ गतेको दिन पारेर नेपाली राजनितीका शिखर पुरुष , महानायक स्व: बि. पी कोईरालाको राष्ट्रीय एकता तथा मेलमिलाप दिवस मनाएको छ , त्यसका साथ साथै अंग्रेज़ी नयाँ बर्ष २०१८ को उपलक्ष्यमा शुभ कामना आदान प्रदान तथा खानपिन र कलाकारहरुको उपस्थितीमा नाचगान सहित भब्य सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।

नेपाली जनसम्पर्क समिती बेल्जियम की सभापती श्रीमती सीता सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली जनसम्पर्क समिती बेल्जियमका संस्थापक अध्यक्ष ध्रुबराज पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो भने, नेपाल बिद्यार्थी संघका केन्द्रिय महामन्त्री आनन्द त्रिपाठी , एनआरएन
आईसीसी सचिव जानकी गुरुंग संस्थाका पुर्व अध्यक्ष ईन्द्र क्षेत्रीय पकवान , निबर्तमान अध्यक्ष सन्तोष जोसी ( शुभाष) को बिशिष्ट आतिथ्यता रहेको थियो भने नेपाली काग्रेस महाधिवेसन प्रतिनिधी तथा नेपाली जनसम्पर्क समिती बेल्जियमका अनुसासन समितीका संयोजक बलीराम झा , एनआरएनए बेल्जियमका पुर्व अध्यक्ष प्रेम गुरुंग , जन प्रगतीशिल मंच बेल्जियमका बिरमान घर्ती मगर, राप्रपा नेपालका सचिन केसी, जनप्रगतीशिल मोर्चाका महासचिव माकुना राई, नेपाली जनसम्पर्क समिती स्वीजरल्यान्डका सहमहामन्त्री सरोज राज घिमिरे, एनआरएनए बेल्जियमका उपाध्यक्ष तथा सांग्रिला समाज बेल्जियमका अध्यक्ष खड्ग के.सी, क्याट बेल्जियमका उपाध्यक्ष श्रीराम प्रसाई, पर्बत समाज बेल्जियमका अध्यक्ष झलक केसी, क्षेत्रीय समाज बेल्जियमकी महासचिव यशोदा थापा, नवलपरासी समाज बेल्जियमका महासचिव हरी सापकोटा , मोना बेल्जियमका पुर्व अध्यक्ष घनश्याम शाही , ब्रहकुमारी राजयोग केन्द्र बेल्जियमकी अध्यक्ष गीता लामा लगायत ले बि.पीको मेलमिलाप निती आजको आवस्यकता र सान्दर्भिकाको बारेमा आफ्ना भनाईहरु राख्नु भएको थियो ,

कार्यक्रममा सभापतीको आसनबाट बोल्दै संस्थाकी सभापती सीता सापकोटाले मेलमिलाप दिवसले पार्टी भित्रका केही आन्तरिक मनमुटाव र असहमती चिर्दै पार्टी एक ढिक्का बनाएर अगाडी लैजान प्रतिबद्धता ब्यक्त गर्नुभएको थियो । उक्त कार्यक्रममा संस्थाका बरिष्ठ उपाध्यक्ष देवु शर्माले स्वागत मनतब्य ब्यक्त गर्नु भएको थियो भने संस्थाका उपाध्यक्ष कमल सिटौलाले कार्यक्रम संचालन गर्नु भएको थियो ।
कार्यक्रममा पत्रकार निलम घिमिरे, शेर बहादुर छन्त्याल लगायत बिभिन्न संघ संस्थाको उल्लेख्य उपस्थिती रहेको थियो । सोही कार्यक्रममा गैर आवासिय नेपालीअंघ अन्तराष्ट्रिय समन्वय परिषदको गरिममय सचिव पदमा निर्वाचित नेपाली जनसम्पर्क समिती बेल्जियमकी पुर्व सल्लाहकार श्रीमती जानकी गुरुंग लाई सम्मान गरिएको थियो। भने अंग्रेजी नयाँ बर्ष २०१८ को शुभ कामना आदान प्रदान एवं नाचगान सहितको सांस्कृतिक कार्यक्रम भएको थियो ।

Leave A Reply

Your email address will not be published.