ब्रुसेल ‘होलिडे फेयरमा’ नेपाल सहभागी हुने

0

चारदिशा, सम्बाददाता, बेल्जियम,

नेपाली राजदुताबास बेल्जियमको सन्योजकत्वमा बेल्जियम स्थित संघ संस्थाहरुले नेपालको पर्यटन पर्बर्धन गर्न ब्रुसेल होलिडे फेयर र एन्तवेरपेन एक्सपोमा सहभागिता जनाउने भएका छन । आज बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापा उपस्थित भेलाले युरोपमा पसिद्ध पर्दशनीहरुमा नेपालको कला संस्क्रिती , प्राकृतिक बैभबहरुको प्रदर्शन गर्न , नेपाली दुताबास बेल्जियम , गैर आबासीय नेपाली संघ बेल्जियम, नेपाल पर्यटन् बोर्ड, कलाकार संघ बेल्जियम , जनजाती महासंघ बेल्जियम र बेल्जियम नेपाल फ्रेन्डशिप एसोसियसन आयोजक रहने गरी बिभिन्न समितीहरु निर्माण गरेको छ ।

जस अनुसार
निर्देशक (निति निर्माण) समिति
१, नेपाली दूताबास (उपनियोग प्रमुख) : श्री सुधिर भट्टराई
२, एनआरएनए बेल्जियम (अध्यक्ष) : लोक दाहाल
३, Belgium Nepal Friendship Association (BNFA) : Mr. Daniel
४, आदिबासी जनजाति महासंघ बेल्जियम (का.अध्यक्ष) : बाबुराजा लामा
५, नेपाल पर्यटन बोर्ड (मानार्थ प्रतिनिधि) : रबिन्द्रमान श्रेष्ठ

बिभागीय प्रमुख
१, ब्यबस्थापन (समग्र ब्यबस्थापन) : कमल पन्थी (एनआरएनए बेल्जियम – उपाध्य्क्ष)
– यातायात ब्यबस्थापन : सि पि भाट्ट (ब्यबसायिक संघ – अध्यक्ष)
२, साँस्कृतिक : पार्वती अधिकारि (कलाकार संघ – अध्यक्ष)
३, साज-सज्जा (सजावट) : खड्क केसी (एनआरएनए बेल्जियम – उपाध्य्क्ष)
४, आर्थिक : दर्शन गुरुङ, इश्वरा शर्मा (क्रमश कोषाध्यक्ष र सह-कोषाध्यक्ष – एनआरएनए बेल्जियम)
५, संचार (प्रचार प्रसार) : केजिन राई अध्यक्ष नेपाल पत्रकारमहासंघ युरोप )
६, नेपाली सामाग्री प्रबर्द्दन (बिक्री बितरण) : शिवकुमार बरुवाल (नेपाल पर्यटन बोर्ड – मानार्थ सदस्य)
७, प्रचार प्रसार सामाग्री ब्यबस्थापन : बिनोद न्यौपाने (नेपाल पर्यटन बोर्ड – मानार्थ सदस्य)
८, सदस्य-सचिब : आङमाया लामा (एनआरएनए बेल्जियम ) लाई जिम्मेवारी दिएको छ ।
बिभागीय सन्योजकहरुले आबस्यक्ता अनुसार सबैलाई समेटेर समिती बिस्तार गरी काम अगाडि बढाउन पनि भेलाले णिर्देशन गरेको छ ।

युरोपकै ख्याती प्राप्त पर्यटन ब्यबसायी संगठनहरु बिभिन्न देशका पर्यटन सम्बन्धी निकायहरु लगायत लाखौं ब्यक्तीहरु सह्भागी रहने ब्रुसेल होलिडे फेयर आगामी फेबुवारी १ बाट ४ तारिख सम्म ब्रुसेलमा हुँदैछ भने एन्तवेरपेन एक्स्पो जनवरी २५ बाट २८ सम्म एन्तवेरपेनमा हुनगैरहेको छ ।

Leave A Reply

Your email address will not be published.