जानकी गुरुङ द्वारा सचिब पदमा उम्मेद्बारी घोषणा

0
चारदिशा, सम्बाददाता, बेल्जियम ,
गैरआवासीय नेपाली संघ (एनआरएनए) को अगामी कार्यकालका लागि बेल्जियमबासी एनआरएन  जानकी गुरुङले केन्द्रीय सचिवमा उम्मेदवारी घोषणा गरेकी छन्  । यही अक्टोबर १४ देखि १७ सम्म एनआरएनएको आठौं विश्व सम्मेलन काठमाडौंमा हुँदैछ ।
उनले सोमबार बेल्जियममा एनआरएनएका अध्यक्ष शेष घले उपस्थित लगायत केन्द्रीय पदाधिकारी एबम बेल्जियमबासी नेपालीहरु उपस्थित रहेको एक समारोहमा आफ्नो  उम्मेदवारी घोषणा गरेका हुन् ।
एन आरएनए बेल्जियमको संस्थापक कोषाध्यक्ष भएर यस अभियानमा होमिएकी गुरुङ संघको बेल्जियम अध्यक्ष, युरोप उपसन्योजक हुँदै  हाल आईसीसी सदस्यको रुपमा काम गरी रहेकी छिन् ।  संघको केन्द्रीय नेत्रित्वसँग मिलेर काम गर्न दक्ष मानिएकी गुरुङ बेल्जियमका बिभिन्न सामाजिक गतिबिधिमा पनि सधैं सक्रिय देखिन्छिन । गुरुङ यस अभियानमा आफ्नो निरन्तरताको लागि सचिब पदमा उम्मेदवारी दिने बताएकी छिन् । पनि आफुले धेरै देशका साथीहरुको स्वीक्रिती पाइ सकेको दाबी गरेकी छिन् । गुरुङले हाल सम्म एनआरएन अभियानमा गरेको योगदानको मुल्याङ्कन सकारात्मक हुने विश्वाश ब्यक्त गर्दै यस अभियानमा महिलाको सक्रियता र सहभागिताका बारेमा भएका प्रतिबद्धताहरुलाई व्यवहारमा उतार्नका लागि रहेको उल्लेख गरेकी छन् ।
साथै एनआएएनएको दूरगामी दृष्ट्रिकोण अन्तर्गत मार्गचित्र ‘भिजन २०२० एण्ड वियोण्ड’ लाई सफल बनाउनु पनि उनले आफ्नो उदेश्य रहेको बताएकी छन् । त्यसैगरी संघले अघि सारेका लाप्राक नमुना बस्ती निर्माण, केन्द्रीय कार्यालय भवन निर्माण, एनआरएन पार्कलगायतका परियोजनाहरु सफल बनाउन पनि आफुले पहल गर्ने , संगठनलाई ब्यबस्थित तरिकाले सन्चालन गर्ने कार्यपद्धती बसाउन आफु सकृय भएर लाग्ने   जनाएकी छिन् ।
Leave A Reply

Your email address will not be published.