चारदिशा, बेल्जियम,

गैर आबासीय नेपाली संघको आगामी विश्व सम्मेलनमा संघका बर्तमान युरोप क्षेत्रका उप संयोजक प्रेम गुरुङले युरोप संयोजक पदमा प्रतिस्पर्धा गर्ने भएका छन । गत हप्ता एनआरएनए बेल्जियमको नबनिर्बाचित कार्यसमितिलाई कार्यभार हस्तातरण गर्ने समरोहमा उनले आफु एक तह माथि पदोन्नति हुन चाहेको र त्यसका लागि सबैको सहयोगको अपेक्षा गरेको बताए ।

२०११मा बेल्जियमबाट आईसिसी सदस्यमा प्रतिस्पर्धा गरेका गुरुङ २०१५ मा संघको बेल्जियम अध्यक्ष निर्बाचित भएका थिए । उनले   आपद बिपदमा परेका नेपालीहरुलाई सहयोग गर्ने उद्द्यस्यले राहतकोषको स्थापना गरेर आफ्नो कार्यकालको सुरुवात गरेका थिए  । अन्य परोपकारी कामका साथै नेपालमा गएको महाभुकम्पको बेला यहाँका संघ संस्था र ब्यक्तीहरुबाट  करिब एक करोड रुपया   सहयोग भएको र त्यसको नेत्रित्व संघको बेल्जियम अध्यक्षका रुपमा उनले  गरेका थिए । बिबादका बिच निर्बाचित भएर पनि समुदायका सबै पक्षलाई मिलाएर एनआरएनलाई साझा चौतारी बनाउन र  एनआरएन बेल्जियमलाई उत्कृष्ट एनसिसि बनाउन उनले गरेको योगदानको मुल्याङ्कन गर्दै गत विश्व सम्मेलनमा युरोपका एनआरएनहरुले युरोप उपसन्योजक निर्बाचित गरेका थिए ।

संगठनको सन्चालन प्रकृया पारदर्शी हुनु पर्ने मान्यता राख्ने गुरुङ सामाजिक हितका बिषयमा प्रष्ठ  बिचार  राख्ने र उचित निर्णयमा अडिग रहने सामाजिक कार्यकर्ताका हुन ।

युरोप उप संयोजकको कार्यकालमा उनी सधैं केन्दिय नेत्रित्व र संघका अभियान सफल बनाउनका लागि कृयाशिल भएको पाइएको थियो ।
गुरुङले संस्थामा रहेर, अझै आफुमा भएको ज्ञान-सिप र क्षमतालाई नेपाल र नेपालीको हितका लागि प्रयोग गर्न  आगामी कार्यकालको निम्ति ‘युरोप संयोजक’मा उम्मेदवारी दिन चाहेको बताएका छन । युरोप संयोजकका रुपमा युरोपका नेपालीहरुको एकता र  प्रगतिका लागि  आफ्नो सम्पूर्ण उर्जा लगाएर कृयाशिल हुने प्रतिबाद्धता पनि जाहेर गरेका छन ।