गैर आबासीय नेपाली संघको आगामी विश्व सम्मेलनमा बेल्जियमबाट एनआरएन अभियानमा सक्रिय करीब पौने दर्जनको केन्द्रीय नेत्रित्वका लागि उम्मेद्बारी पर्ने भएको छ । बिभिन्न्न समयमा संगठनका बिभिन्न पदमा रहेर काम गरी सकेका रजनी प्र्धान, जानकी गरुङ, अर्जुन कुमार श्रेष्ठ, प्रेम गुरुङ, गंगाधर गौतम,चीज कुमार श्रेष्ठ, नेत्र मगर, र पूर्ण तिमील्सिनाले केन्द्रीय नेत्रित्वका लागि प्रतिस्पर्धा गर्ने बताएका छन ।
रजनी प्रधान , महिला संयोजक
गैर आबासीय नेपाली संघको स्थापनाकाल देखि यस अभियानमा सक्रिय प्रधान बेल्जियमको नेपाली समुदायमा सामाजिक कामका लागि सधैं सक्रिय भएर अगाडि देखिने महिलाका रुपमा पारीचित छिन । एन आरएनए का हरेक अभियानमा देखिने सिमित महिला अनुहार मध्यकी एक प्रधान हाल आइसिसीमा महिला उप सन्योजकको जिम्मेवारीमा छन । प्रधानले आगामी कार्यकालका लागि महिला सन्योजकमा दाबी गरेकी छिन् । संघकी महिला सन्योजक सपिला राज भण्डारी र प्रधानको जोडीले गरीब नेपाली महिला हरुका लागि महिला स्वास्थ्य सम्बन्धी सीबिर, आय आर्जन सम्बन्धी परियोजना र तालिम सन्चान गरेर उल्लेख्य काम गरेका गरेका छन । बिभिन्न देशमा एक डलर सन्कलन अभियान चलाएर त्यस बाट परोपकारीकामहरु गरी रहेका छन । प्रधानको आगामी कार्यकालमा एक तह बढुवा हुने चाहनालाई स्वभाभिक मानिएको छ ।
जानकी गुरुङ, सचिब
एन आरएनए बेल्जियमको संस्थापक कोषाध्यक्ष भएर यस अभियानमा होमिएकी गुरुङ संघको बेल्जियम अध्यक्ष, युरोप उपसन्योजक हुँदै हाल आईसीसी सदस्यको रुपमा काम गरी रहेकी छिन् । संघको केन्द्रीय नेत्रित्वसँग मिलेर काम गर्न दक्ष मानिएकी गुरुङ बेल्जियमका बिभिन्न सामाजिक गतिबिधिमा सधैं सक्रिय देखिन्छिन ।उनले यस अभियानमा आफ्नो निरन्तरताको लागि सचिब पदमा उम्मेदवारी दिने बताएकी छिन् । हाल सम्म औपचारिक घोषणा नगरे पनि आफुले धेरै देशका साथीहरुको स्वीक्रिती पाइ सकेको दाबी गरेकी छिन् । गुरुङले हाल सम्म एनआरएन अभियानमा गरेको योगदानको मुल्याङ्कन सकारात्मक हुने विश्वाश ब्यक्त गरेकी छिन् । केन्द्रीय नेत्रित्वमा सिमित महिला सहभागिता भएको हुँदा उनको उम्मेद्बारीले सबैको समर्थन पाउने सम्भाबना प्रबल रहेको छ ।
अर्जुन कुमार श्रेष्ठ, महासचिब
२००९मा बेल्जियमको प्रतिनिधित्व गर्दै आइसिसी सदस्य निर्बाचित भएर यस् अभियानमा लागेका श्रेष्ठ युरोप सन्योजक हुँदै हाल सचिबको जिम्मेवारी निर्बाह गरी रहेका छन । बेल्जियम लगायत युरोपका नेपाली समुदायका कार्यक्रमहरुमा सधैं सहभागिता निभाउने श्रेष्ठ एनआरएनका बिबिध पक्षसँग सहकार्य गरेर काम गर्ने ब्यक्तिका रुपमा परीचित छन । पर्बत् जेसिसबाट सामाजिक सेवाको सुरुवात गरेका श्रेष्ठ एनआरएनएलाई संस्थागत पद्धतिको माध्यमले साँगठनिक सुधार र संस्थागत बिकास गर्नु पर्ने मान्यता राख्दछन । श्रेष्ठले सचिबबाट महासचिबमा बढुवा खोज्नु स्वाभाबिक मानिएको छ ।
प्रेम गुरुङ , युरोप सन्योजक
गैर आबासीय नेपाली संघ बेल्जियमको अध्यक्षमा २०१३ निर्बाचित भएका गुरुङ २०११ मा आईसिसी सदस्यमा प्रतिस्पर्धा गरे देखि एनआरएनको अभियानमा जुझारु भएर देखिएका हुन , उनी आफ्नो जिम्मेवारीलाई दत्तचित्त भएर पूर्ण गर्ने ब्यक्तिका रुपमा परीचित छन । हाल युरोप सह सन्योजकका रुपमा काम गरी रहेका गुरुङ संस्थालाई पद्धती अनुसार सकारात्मक् परिणाम आउने गरी चलाऊनु पर्ने र जिम्मेवारी लिएपछी सोही अनुसार काम गर्नु पर्ने बिचार राखदछन । सामाजिक काममा सधैं अग्रणी भूमिका निभाउने गुरुङ बेल्जियमको नेपाली समुदायमा सबैलाई मिलाएर काम गर्न सक्ने हस्ती मानिन्छन । उनले एनआरएन बेल्जियमको अध्यक्ष हुँदा बिभिन्न परोपकारी कामको सुरुवात गरेका थिए । युरोप उपसन्योजकको जिम्मेवारी सफलता पूर्वक निभाएका गुरुङको युरोप सन्योजकको दाबी लाई सहज रुपमा सबैले लिने बिश्वास गरिएको छ । तर बेल्जियमबाट सन्योजकमा अर्को उम्मेद्बारी पनि आउने भएकोले त्यसको ब्यबस्थापन मिलेर गर्नु पर्ने धेरैको चाहना छ ।
गंगाधर गौतम, युरोप सन्योजक
गैर आबासीय संघ बेल्जियमका निबर्तमान अध्यक्ष गंगाधर गौतम संघको पहिलो अधिबेशनमा उपाध्यक्ष निर्बाचित भएर संघमा प्रबेश गरेका थिए । तत्पस्चात बेल्जियम समितिको सल्लाहकार हुँदै २०१५ मा अध्यक्ष निर्बाचित भएका थिए । उनको कार्यकालमा बिभिन्न परोपकारी काम सहित् नेपालमा परेको बिपत्तिमा उल्लेख्य सहयोग भएको थियो । गौतम युरोपमा सामाजिक गतिबिधीसँगै राजनितिक कृयाकलापका कारण बढी चर्चित छन । बेल्जियमका हरेक गतीबिधीमा उनको उपस्थितिको प्रभाब देखिन्छ । बाग्लुङ जिल्लामा नेबिसंघमा आब्द्ध भएर सामाजिक, राजनितिक गतिबिधिमा सक्रिय भएका गौतम नेपाली काङ्रेसको युरोप इकाइको महामन्त्री पनि छन । बेल्जियमको अध्यक्षको कार्यकाल सफलता पूर्वक सम्पन्न गरेकi गौतमको युरोप सन्योजकको दाबिलाई स्वाभाबिक मानिएको छ । तर उनलाई बेल्जियमबाट अर्को प्रतिस्पर्धीको चुनौती थपिएको हुँदा मिलेर जानु पर्ने देखिन्छ ।
चीजकुमार श्रेष्ठ, युरोप उपसन्योजक
गैर आबासीय नेपाली संघ बेल्जियमका संस्थापक मध्यका एक श्रेष्ठ बेल्जियमको नेपाली समुदायमा सहयोगी र मिलनसार छबी भएका सामाजिक कार्यकर्ताका रुपमा चिनिन्छन । गैर आबासीय नेपाली संघका बिभिन्न परोपकारी काममा प्रसंशा योग्य सहयोग गरी रहेका श्रेष्ठ बेल्जियमबाट आईसिसिमा प्रतिनिधित्व गरी रहेका सदस्य हुन । सानो काम गरेर ठुलो प्रोपोगन्डा गर्ने हरु भन्दा भिन्न , परोपकारी र सामाजिक सेवाका काम गर्ने तर प्रसन्शा र प्रचार नचाहने श्रेष्ठको युरोप उपसन्योजकको दाबीलाई सकारात्मक् लिईएको छ ।
नेत्र मगर , युरोप उपसन्योजक
गैर अiबासिय नेपाली संघ बेल्जियमको तर्फ बाट आईसिसी सद्स्य मगर बेल्जियममा म्रिदुभासी र मिलनसार सामाजिक ब्यक्तिका रुपमा चिनिन्छन । गैर आबासीय नेपाली संघ बेल्जियमको सचिब पदबाट यस् अभियानको जिम्मेवारीमा लागेका मगरले बिभिन्न परोपकारी काम ब्यक्तिगत र संस्थागतरुपमा गर्दै आएका छन । सबै सँग मिलेर काम गर्न सिपालु मगरको आईसिसि सदस्य बाट युरोप उपसन्योजकमा बढुवा हुने दाबीलाई स्वाभाबिक र सकारात्मक् मानिएको छ ।
पूर्ण तिमील्सिना, युरोप उपसन्योजक
गैर आबासीय नेपाली संघ पोर्तुगलको अल्गार्व क्षेत्रिय अध्यक्षका रुपमा यस् अभियानमा प्रबेश गरेका तिमील्सिना बेल्जियम कार्यसमिती सदस्य , सलाहकार लगायतका भूमिका निभाई सकेका छन । नेपाली विद्यार्थी संघ कास्कीका अध्यक्षको जिम्मेवारी पुरा गरेर राजनितिक र सामाजिक काममा अनुभबी उनी बेल्जियममा संघ संस्था सन्चालनको राम्रो ज्ञान भएका र, प्रस्ट बिचार राख्ने ब्यक्तिका रुपमा परिचित छन ।
बेल्जियम र नेपालको सामाजिक अभियान राम्रो सँग बुझेका तिमील्सिना एनआरएन अभियानलाई पारदर्शी प्रकृयाले चलाऊनु पर्ने मान्यता रiखदछन । उनको सामाजिक सकृयताको गतीलाई बढाउन युरोप उपसन्योजकको जिम्मेवारी लिने चाहना स्वबाबिक मानिन्छ ।