चारदिशा, बेल्जियम
गैर अबासीय नेपाली संघ बेल्जियमले प्रत्येक बर्ष आयोजना गर्दै अाईरहेको नेपाली मेला यस् पटक एन्तवेर्पेन शहरको ग्रूनप्लाजमा भोली शनिबार जुलाई १५ तारिखमा गर्दैछ । मेलाको सम्पूर्ण तयारी पुरा भएको संघका अध्यक्ष गंगाधर गौतमले बताएका छन । बेल्जियमको ऐतिहासिक शहर एन्तवेरपेनको प्रशिद्ध पर्यटकीय स्थल ग्रूनप्लाजमा हुने भएकोले यस बर्ष नेपाली कला र सन्स्कृतिको प्रचार प्रसार गर्न सजिलो हुने आशा गरिएको छ । नेपाल सँग साईनो जोडीएका सबै संघ संस्था र ब्यक्तीहरुलाई आमन्त्रण गरिएको र सप्ताहान्त र छुट्टीको सिजन भएकोले यस् बर्ष अधिकतम युरोपीयन नागरिकहरुको सहभागिता हुने विश्वास गरिएको छ ।
प्रदर्शनीको लागि राखिने स्टलहरु सबै बुक भैसकेको स्टल ब्यबस्थापन उपसमितिका सन्योजक एबम नेपाली ब्यबसायी संघका अध्यक्ष सिपी भट्टले जानकारी दिएका छन । बेल्जियमका अन्य शहरबाट एन्तवेरपेन आउन बसको ब्यबस्था गरिएको छ भने नेपाली कला सन्स्क्रिती झल्कने झाकीहरु पनि प्रस्तुत गरिने छ। कलाकार संघ बेल्जियमको सन्योजनमा स्थानीय कलाकारहरु र युरोपका अन्य देश बाट आउने कलाकारहरुले नेपाली प्ररम्पराका न्रित्यहरु र गीत संगीत प्रस्तुत गर्ने छन ।
बेनेलक्सका लागि नेपाली राजदुत लोक बहादुर थापाले मेलाको उद्घाटन गरे पछि दिनभरी नेपाल चिनाउने बिभिन्न कार्यक्रम हरुको तयारी गरिएको छ । मेलामा अतिथीको रुपमा बेल्जियमका सांसदहरु र स्थानइय मेयर पनि शाहअभागेए हुने कार्यक्रम रहेको गैर अाबासिय नेपाली संघ बेल्जियमले नाएको छ ।