दिपिका भुसाल ,

पर्बत समाज बेल्जीयमको तेस्रो अधिवेशन “सम्वृद्द पर्बत निर्माणको लागि हाम्रो सामुहिक अभीयान” भन्ने नारा लाई विश्वब्यापी रुपमा संसारभर छरीएर रहनुभएका पर्वतेलीहरु माझ पुर्याउने प्रण गर्दै बेल्जियमको अन्त्वर्पेन सहरमा सम्पन भएको छ ।
कुमार जोशी “केदार” को सभापतित्वमा सम्पन्न भएको पर्वत सेवा समाजको अधिवेशनमा प्रमुख अतिथीका रुपमा बेल्जियमका लागी नेपाली राजदुत महामहीम श्री लोक बहादुर थापा रहनुभएको थियो । विशेष अतिथीका रुपमा सामाजिक अभियन्ता एवं गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिसदका सचिब श्री अर्जुन श्रेष्ठ, एनआरएन युरोप संयोजक श्री कुल आचार्य , एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम ,समाज सेवी शिशिर भट्ट ,समाजका सस्थापक अध्यक्ष मेख गुरुङ ,स्विजरल्याण्डमा रहदै आउनुभएका गुणराज शर्मा गुरास, नेदरल्याण्डका मनोहरि शर्मा, अस्ट्रियाका सागर सुबेदी लगायत बेल्जियममा रहदै आउनु भएका बिबिन्न सस्थाका अधय्क्ष एबम प्रतिनिधि हरुको गरिमामय उपस्थिती रहेको थियो ।

कार्यक्रममा प्रमुख अतिथीका रुपमा बेल्जियमका लागी नेपाली राजदुत महामहीम श्री लोक बहादुर थापा ,विशेष अतिथी सामाजिक अभियन्ता एवं गैर आबासीय नेपाली संघ अन्तर्राष्ट्रिय परिसदका सचिब श्री अर्जुन श्रेष्ठ, एनआरएन युरोप संयोजक श्री कुल आचार्य , एनआरएन बेल्जियमका अध्यक्ष गंगाधर गौतम ,समाज सेवी शिशिर भट्ट ,समाजका सस्थापक अध्यक्ष मेख गुरुङ ,स्विजरल्याण्डमा रहदै आउनुभएका गुणराज शर्मा गुरास, नेदरल्याण्डका मनोहरि शर्मा, अस्ट्रियाका सागर सुबेदी लगायत बेल्जियममा रहदै आउनु भएका बिबिन्न सस्थाका अधय्क्ष एबम प्रतिनिधिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो भने अमृत पौडेलले स्वागत मन्तब्य र झलक केसिले संचालन गर्नुभएको थियो ।

उक्त अधिबेसनबाट आगामी कार्यकालको लागी झलक केसी लाई निर्विरोध अध्यक्ष चयन गरिएको थियो ।यसैगरी उपाध्यक्षमा श्री भिम कुँवर, महासचिबमा श्री दीपक पोखरेल, सचिबमा श्रीमती युगमाया पुन, कोषाध्यक्षमा श्रीमती सिता केसी लगायत सदस्यहरु श्री काजी नेपाली,श्री किरणपुन, राकेश कर्माचार्य, अमृत पौडेल, हिक्मत श्रेष्ठ , पुनम घिमीरे, दर्शन गुरुङ, बाबुराम शर्मा र श्रीमती रक्षा श्रेष्ठ चयन हुनुभएको छ ।

सहल्लाकार हरुमा श्री केदार जोशी, मेख गुरुङ, सुबास जोसी, अर्जुन श्रेष्ठ, वालेन्द्र गुरुङ , श्री प्रसाद गुरुङ, कृष्ण तिवारी, तुलसीनाथ सुबेदी , गोबिन्द सुबेदी , भिम जोशी, खड्क बहादुर के सी, उत्तम गौतम, सुरेन्द्र भुसाल ,रुद्रमणि लम्साल रहनु भएको छ ।

कार्यक्रम समापन पश्चात कार्यक्रममा उपस्थित रहेका युरोप भरी वसोवास गर्नुहुने पर्बतेली हरुले भेलाले कसरी “सम्वृद्द पर्बत निर्माणको लागि हाम्रो सामुही अभीयान” भन्ने नारा लाई साकार पार्न सकिन्छ भन्ने बिषयमा छलफल गर्‍को थियो ।

उक्त भेलाले युरोप लगायत विश्व मा रहनु भएका पर्वेतेलीको सामुहीक एेक्यवद्दताको आवस्यकता रहेको र समाजसेवालाई ब्यवहारमा उतार्न युरोप र विश्वब्यापी संजाल लाई फैलाउन पर्ने ठहर गर्दै युरोप लगायत संसारभर रहेका पर्वेतेलीहरु संजाल तयार गर्दै यस्का लागि एक महिना भित्र आवधारणा तयार गर्नका लागि युरोपको बेल्जियममा रहेको संस्थाका अध्यक्ष झलक केसिलाई संस्थाको संयोजक तोकिएको छ र साथै उक्त भेलाले आगामी केही महिना भित्र युरोप स्तरिय विस्तृत उपस्थित भेला गर्नका लागि पर्वत समाज बेल्जियमलाई जिम्म दिएको छ । भेला पछि पर्वत समाज बेल्जियमका निवर्तमान अध्यक्ष कुमार जोशीले उपस्थित सबैका लागि आफ्नो तर्फबाट रात्री भोजको आयोजना गर्नु भएको संस्था महासचिब दिपक पोख्रेलले जानकारी दिनु भयो ।