चारदिशा, बेल्जियम,
नेपालको पर्यटन प्रबर्धन सम्बन्धी सामाग्री तयार गरी बेल्जियमको राष्ट्रिय समाचारमा प्रसारणको लागि बेल्जियम बाट चारजना पत्रकार को टोली आज नेपाल प्रस्थान गरेका छन ।
बेल्जियमका चर्चित पत्रकार बेन रुलान्टसको नेत्रित्वमा नेपाल जान लागेको उक्त टोलीलाई आज ब्रुस्सेलको एअरपोर्टमा नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित प्रतिनिधि शिव कुमार बरुवाल र रबिन्द्रमान श्रेष्ठले बिदाइ गर्नु भएको थियो । पत्रकारहरुलाई बिदाइ गर्नको लागि एर्पोर्टमा एनआरएन आइसिसि सचिब अर्जुन कुमार श्रेष्ठ , एनआरएन आइसिसि महिला उपसंयोजक रजनी प्रधान , नेपाली ब्याबसायी संघ बेल्जियमका अध्यक्ष्य सिपी भट्ट , एनआरएन बेल्जियमका सल्लहाकर बिरमान घत्री मगर , एनआरएन बेल्जियमको सदस्य कल्पना मगरको पनि उपस्थित रहेको थियो ।
नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित प्रतिनिधि शिव कुमार बरुवालले बेल्जियमबाट गएका यी पत्रकारहरुले नेपालमा नेपाल पर्यटन बोर्डको संयोजनमा नेपालका बिभिन्न पर्यटकिय स्थलमा घुमेर पर्यटकलाई आकर्शण गर्ने बिषय बस्तुहरुलाई समेटेर एक ब्रितचित्र र रिपोर्ट तयार गनेछन र उक्त सामाग्रीलाई बेल्जियममा ल्याएर बेल्जियमका राष्ट्रिय समाचारहरुमा प्रसारण गर्ने कुरा जानकारी गराउदै पत्रकारहरुको यस भ्रमणले बेल्जियममा नेपालको पर्यटन प्रबर्धनमा महत्वपूर्ण भूमिका खेल्ने कुरा बताउनु भयो । नेपाल पर्यटन बोर्ड ले सन २०१८ लाई नेपाल घुम फिर बर्षको रुपमा मनाउने र त्यसको तयारीको लागि २०१७ लाई नेपाल भ्रमण बर्ष युरोप भरी मनाउने घोषणा गरेकोले यस अभियानलाई सफल बनाउने पनि यस भ्रमणले महत्वपूर्ण भूमिका खेल्नेछ ।
नेपाल पर्यटन बोर्डका बेल्जियम स्थित पर्यटन प्रतिनिधिहरुको समन्वय र सकृयतामा तयारी गरिएको यस बेल्जियम पत्रकार नेपाल भ्रमण कार्यक्रमको नेपालमा सम्पूर्ण ब्यबस्थापना नेपाल पर्यटन बोर्डले गरेको र पत्रकारहरु लाई बेल्जियम बाट नेपाल जाने आउने टिकटको ब्यबस्था बेल्जियम स्थित नेपाली संघ संस्था र समुदाय बाट उठाएर गरिएकोले यस यस बेल्जियम पत्रकार नेपाल भ्रमण कार्यक्रमकलाई सफल बनाउन सहयोग गर्ने र बेल्जियम स्थित सम्पूर्ण नेपाली संघ संस्था समुदायलाई नेपाल बेल्जियमस्थित पर्यटन प्रतिनिधिहरुले धन्यवाद ज्ञापन गरेका छन ।