जनसंपर्क समिती बेल्जियमको अध्यक्षमा अनुजा प्रधानको उम्मेदवारी

0

चारदिशा , बेल्जियम,
नेपाली जन संपर्क समिती बेल्जियमको आगामी नेत्रित्वको लागि त्रिपक्षिय भिडन्त हुने भएको छ । समितीकी बर्तमान उपाध्यक्ष अनुजा प्रधानले अध्यक्ष पदमा उम्मेदवारी दिए पछि तीन जनाको प्रतिस्पर्धा भएको हो । प्रधानले आफ्नो उम्मेदवारी पछि जारी गरेको अनुरोध पत्रमा सबैलाई सहयोगको आग्रह गरेकी छिन् ।

अध्यक्ष पदकी उम्मेदवार अनुजा प्रधानले आफ्नो उम्मेदवारी पछि जारी गरेको अनुरोध …… बुदागत ….

१) नेपाली जनसंपर्क समिति बेल्जियमको आसन्न चौथो अधिवेसन आगामी ५ मार्च २०१७ मा हुन गैरहेको र नयाँ नेतृत्व छनौटको लागि चुनाव अधिवेसनको एक हप्ता पछाडि मार्च १२ मा हुन गैरहेको सर्व विदितै छ । वर्तमान उपाध्यक्षको हैषियतले राजनैतिक निरन्तरता र जनसंपर्क समिति बेल्जियमको बृह्तर हितका लागि एउटा स्पस्ट दृष्टिकोण सहित अगाडि बढ्ने र संगठनलाई एउटा नयाँ शिरामा पराउनेु विशुद्ध लक्ष्य अन्तरआत्ममा अंकुरित थियो नै । यस विचमा धेरै अग्रजहरुको सहयोगको आश्वासन र धेरै जनसंपर्क समितिका सदस्यहरुको उत्प्रेरणाका कारण आगामी कार्यकालको लागि अध्यक्ष पदमा उम्मेद्वारी दिएको छु।

२) उर्जाशिल महिला, युवा तथा नेपाली समुदाय बेल्जियमा गत एक दशकबाट कृयाशिल र वर्तमान उपाध्यक्षको हैषियतले एक पटकलाई मेरो नाममा सर्वसम्मती बनाइदिनुहुन सवैमा विनम्र अनुरोध गर्दछु। निश्पक्ष्य तथा स्वस्थ्य प्रतिपर्धा लोकतन्त्रको गहना हो भन्ने मर्मलाई हामीले ह्दयदेखि आत्मसाथ गरेको छु । यहाँको जनादेशलाई सधै ग्रहण गर्ने छु । संगठनमा नेतृत्वमा प्रतिपर्धा पश्चात यस्को नतिजालाई सहर्ष स्विकार गर्दै सदैव संगठनको मुलप्रवाहमा रहेर संगठनलाई सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।

३) नेपालको लोकतन्त्र, समाजबाद तथा राष्टियताका लागि प्रवासबाट ऐक्यवद्धता जनाइने छ । आगामी कार्यकालका लागि जनसंपर्क समितिको अभिलेख, साधारण सदस्यता, कृयाशिल सदस्यताहरुलाई नयाँ प्रविधिहरुमा रुपान्तर गरिने छ । हातमा फर्म र कलम समातेर घर घर जानुपर्ने अवस्थालाई विस्थापन गरिने छ । वर्तमान जनसंपर्क समितिले सुरु गरेको द्धन्द प्रभावित अक्षय कोषलाई प्रभावकारी रुपमा संचालन मा ल्याइने छ । बेल्जियमको नेपाली समुदाय विचको सद्भालाई अझै प्रभावकारी बनाइने छ । जनसंपर्क समिति बेल्जियमको तर्फबाट बेल्जियमको स्थानिय संघसंस्था समेतको सहकार्यमा नेपालको कुनै एउटा क्षेत्रमा विशिष्ट खालको परियोजना संचालन गर्ने र नेपालको विभिन्न दैवी प्रकोपहरुमा सहयोग गर्ने जस्ता कामहरुमा हामी नेतृत्वमा रहँदा गरिने छ । जनसंपर्क समितिका सदस्यहरुको क्षमता अभिवृद्धिका लागि विभिन्न प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने मेरा आगामी कार्ययोजनाहरु रहेका छन् ।

४) धेरै मित्रहरुको सहयोगको आश्वसान मिलेको छ । म पनि मेरो नेतृत्वमा टिम नै घोषणा गर्ने क्षमता राख्दछु भन्ने लाग्दछ । तर हामीले विगतलाईलाई पनि विष्लेशण गर्न पर्दछ । करिव १३ सय साधारण सदस्यहरुलाई ग्रास लेभल सम्म ३ समुहमा विभक्त गर्दा यस्ले संगठनलाई दिने परिणामका बारेमा गम्भिर भएर मैले संगठनको श्रीबृद्धिका लागि टिम बनाउन अनुपयुक्त महसुस गरेर टिम नबनाएको स्पस्ट पार्न चाहान्छु ।

५) नेपाली जनसंपर्क समिति बेल्जियमको चुनाव आउदै गर्दा म लगायत आदरणिय सिता सापकोटा दिदी र माधव सापकोटा दाजु पनि म संगै रेसमा हुनुहुन्छ । उम्मेद्वारी घोषणाको पुर्वसन्ध्यामा यहाँहरुले पार्टि तथा सामाजिक लाइनमा गर्नु भएको योगदानलाई समय दिएरै पढेकी छु । यहाँहरुले फेहरिस्त राख्नु भएको छ । यति धेरै काम गरिसक्नु भएका अग्रजहरु अव आफुले गरेको कामको परिणाम हेर्न र तपाँइहरुको योगदानले समाजमा भएको रुपान्तरणको नतिजालार्इृ हेर्न म सुझाव दिन चाहान्छु । केन्द्रिय भुमिकाको अवसर पाइसक्नु भएकाहरुले बेल्जियमको स्थानिय जिम्मेवारी किन चाहियो ? हामीजस्ता अवसर पाइ नसकेकाहरुलाई अवसर दिन सक्नु पर्दछ । यो नै हामी काँग्रेसजनहरुको विरसता र संस्कार हो ।

६) अन्तमा, मेरो इमान्दारिता नै मेरो उम्मेद्वारीको आधार हो । बेल्जियमको नेपाली जनसंपर्क समितिहको इतिहाँसलाई हेर्न म सवै साधारण सदस्यहरुलाई हार्दिक अनुरोध गर्दछु । संगठनमा कति आरोह अवरोह भएका छन्, संगठनलाई संकट पर्दा व्यक्तिगत कुण्ठाहरुलाई दवाएर कस्ले संगठनको अनुसशासनमा रहेको छ भन्ने कुरा छर्लङ्ग छ । सवै मतदाताहरु विवेकशिल हुनुहुन्छ । म कसैलाई हराउन वा जिताउन आएको आरोपको खण्डन गर्न चाहान्छु । अनुजा प्रधान बेल्जियममा रहेका सवै अनुशाशित सदस्यहरुको प्रतिनिधित्व हो । संगठनका हितका लागि सर्वसम्मत नेतृत्व चयनमा भने आँफु बाधक नभएको समेत स्पस्ट पार्न चाहान्छु ।

यहाँहरुले दिने भएको जनादेशको सम्मान र सवैको भावानाहरुको संवोधन गरिने प्रतिवद्धता सहित ।

जय नेपाल ।

अनुजा प्रधान
उपाध्यक्ष
अध्यक्ष्यको उम्मेद्वार
नेपाली जनसंपर्क समिति बेल्जियम

Leave A Reply

Your email address will not be published.