नेपालगंज, ९ फागुन ।

”राष्ट्रका लागी खेलकुद स्वास्थ्यका लागी खेलकुद” भन्ने नाराका साथ बाँके जिल्लामा हिजो देखि शुरु भएको नबौ जिल्ला बिद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता आज पनि बिभिन्न खेलहरु सम्पन्न भएका छन् ।

आज भएका खेलहरुमा छात्र तर्फको हाइ जम्पमा दिप ज्योति माबि चिसापानी प्रथम,सरस्वती माबि भबनियापुर् दोश्रो र सनबिम माबि नेपालगंज तेस्रो भएका छन् । त्यस्तै एथलेटिक्स तर्फकै ४०० मिटर छात्र दौडमा सरस्वती माबि,गोर्खा युनाइटेड पब्लिक र दिप ज्योति बिध्यश्रम कोहलपुर क्रमश पहिलो, दोश्रो र्तेस्रो भएका छन् भने छात्रा तर्फकै ४०० मिटर दौडमा दुर्गा भवानी कचनापुर, गोर्खा युनाइटेड पब्लिक र जना कल्याण माबि बद्रिपुर पहिलो ,दोश्रो र तेस्रो भएका छन् ।आजै सम्पन्न छत्र तर्फको भलिबल खेलमा भुवर भवानी बिनौना,साइनिङ्ग स्टार पिपिरी,दिप ज्योति माबि बिजयी भएका छन् ।मार्शल आर्ट्स तर्फको खेल अन्तर्गतमा एक जना तेक्वोंदो खेलाडी मुस्कान गुरुङको हात भाचिएको छ ।

फागुन १० गते समापन हुने रनिङ्ग शिल्ड प्रतियोगीतामा एथलेटिक्स र भलिबल बाहेक मार्शल आर्ट्सका खेलहरु सम्पन्न भईसकेको जिल्ला खेलकुद बिकास समितिका कार्यबहाक अधक्क्ष पदम बहादुर बुढाथोकीले जानकारी दिनुभयो ।