चारदिशा, सम्बाददाता, बेल्जियम,

नेपाली ब्यबसायी संघ बेल्जियम व्यबसायी र सर्ब साधारणका लागि आबस्यक हुने बिमा र जायजेथा खरिद गर्दा अपनाउनु पर्ने लाभदायक उपायहरुका बारेमा कार्यशाला एबम तालिम गराईरहेको छ । भाषागत र कानुनी अज्ञानताका कारण धेरै ब्यबसायीहरुले आफुले पाउनु पर्ने फाईदा पनि लिन नसक्ने तर तिर्नु पर्ने ब्यय जसरी पनि तिर्नु पर्ने अवस्थाका कारण धेरै सदस्यहरुले कठिनाई ब्यहोर्नु परेकोले ब्यबसायी संघ यो अभियानमा लगेको हो ।

बिषयको ज्ञान र सामुहिक प्रयास भए नेपाली समुदायका ब्यबसायीलाई केही राहत दिलाउन सजिलो हुन्छ की  भनेर यस खाले प्रशिक्षण आयोजन गरेको संघका अध्यक्ष सिपी भट्टले बताउनु भएको छ । भट्टका अनुसार गत साता गेन्ट शहरमा सो सम्बन्धी तालिम सम्पन भैसकेको र अब बाँकी शहरहरुमा पनि हुने छ ।

साथै संघको आगामी महिना हुने वार्षिक साधारण सभामा बेल्जियम स्थित ब्यबसायीहरुको सामुहिक लगानीको अबधारणामा सहकारी सन्चालन गर्ने बारे पनि तयारी भै रहेको छ । यस् बिषयमा कगजी प्रकृया अगाडि बढी रहेको र तयारी अन्तिम चरणमा पुगेको ले साधारण सभा मार्फत यसलाई औपचारिकता प्रदान गरिने छ ।

संघले सन्चालन गरी रहेको तालिमको समय र स्थानको बारेमा संघले जारी गरेको सुचना यस प्रकार छ ।

नेपाली व्यवसायी संघ बेल्जियमको अत्यन्त जरुरि सुचना :- यस संघको आयोजनामा बेल्जियम का ५ वटा शहरमा हामी सवैले अनिवार्य रुपमा गर्नुपर्ने बिमा, स्वेच्छिक् बिमा, ब्यवसायिले गर्नुपर्ने बिमा , जीवन बिमा , कार बिमा ( दुर्घटना भएमा (Europees aanrijdingsformulier-EAF कसरि भर्ने ) जस्ता बिमा सम्बन्धि आवस्यक पर्ने सवै बिसयमा सबैलाई जानकारी होस् भन्ने उध्येस्यले बिमा बिज्ञ द्वारा तालिम (अन्तरक्रिया) देहाय बमोजिम हुने भएकोले उपस्थितिको लागि सबै नेपाली समुदायलाई अनुरोध गरिन्छ! (नोट :-समय र स्थानको जानकारी समन्वय गर्ने संस्था द्वारा छिटै हुनेछ )
१, गेन्ट – २३ जनवरि सोमवार समन्वय -नेपाली परिवार गेन्ट        २, ब्रुज – ३१ जनवरि मंगलवार समन्वय – एभरेस्ट नेपाली समाज ब्रुज               ३ लुवेन- ६ फेब्रुअरि सोमवार समन्वय – सांग्रिला समाज लुवेन           ४ ब्रसेल्स् -१३ फेब्रुअरि सोमवार समन्वय – ब्रसेल्स् नेपाल मिलन केंद्र
५ एन्त्रोपेन – २० फेब्रुअरि सोमवार नेपाली व्यवसायी संघ बेल्जियम