चारदिशा ,सम्बाददाता, बेल्जियम,

लेबनान सरकारले दुई नेपाली युबतीहरुलाई इजरायलको लागि जासुसी गरेको आरोपमा गिरप्तार गरेको छ । पब्लिक सेक्युरिटी जनरलको कार्यालयका अनुसार ति नेपाली महिलाहरुले नेपाल एबम अन्य देशमा रहेका इजरायली दुताबासलाई लेबनानका सुचना दिने र त्यस कामका लागि अन्य ब्यक्तीहरुको पनि प्रयोग गर्ने गरेको आरोप लागाइएको छ ।

लेबनान जाने चाहनेहरुलाई सहयोग गर्ने नाममा इजरायली दूतावासको सम्पर्कमा पुर्‍याउने र इजरायलका लागि काम गर्न प्रोत्साहन गर्ने गरेको आरोप लागेको छ । उनीहरुलाई पक्राउ गेरेर सोधपुछ गरी अदालतमा हाजिर गराइएको छ ।

उनीहरु सहित् दुई लेबनानी र एक प्यालेस्तनी नागरिक पनि सोही केसमा पक्राउ परेका छन । उनीहरुलाई (हाल सम्म परिचय नखुलाईएको)  अदालतबाट आरोप प्रमाणित भए मृत्‍युडंद जस्तो कठोर सजाय हुने कानुन रहेको लेबनानमा उनीहरुको वास्तविक परिचय र आरोपको बारेमा नेपाली समुदाय सतर्क हुनु पर्ने देखिन्छ । गत महिना मात्र दुई नेपाली महिलाहरुलाई लेबनानमा कार्यरत कामदारहरुलाई सहयोग गरेको आरोपमा देश निकाला गरेको थियो ।

इजरायली अधिकारीहरुले भने यस् बिषयमा कुनै टिप्पणी गरेका छैनन ।