चारदिशा, सम्बाददाता,

नेपाली जन संपर्क समिती नर्बेको अध्यक्षमा जितेन्द्र शाही सर्बसम्मत चयन भएका छन । केही दिन अघि चुनाबी सरगर्मीमा रहेको नर्बे काङ्रेस सर्बसम्मत नेत्रित्व चयन गर्न सफल भएको छ ।

जनसम्पर्क समितिको हिजो सम्पन्न दोश्रो अधिबेशनले शाही सहित २५ सदसीय कार्य समितिको चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा सुदिपराज पाण्डे तथा उपाध्यक्षमा केशव पुरी, नारायणसिंह थापा र विष्णु सापकोटा तथा महामन्त्रीमा कविन्द्र ढकाल, सहमहामन्त्रीमा सूर्यप्रसाद सुवेदी, विष्णु गौतम, नवराज अधिकारी र देवेन्द्र केसी, कोषाध्यक्षमा कोपिला गिरी र सहकोषाध्यक्षमा राजन गौचन सदस्यमा दिनेश कोइराला, विजय खतिवडा, प्रतिक्षा केसी, मोहम्मद जाहगीर अलि, बिक्रम बम, पारसमणी मिश्र, रबि खड्का, हेमराज श्रेष्ठ,मोहन केसी, सुरेश यादव र चक्रबिक्रम शाही चयन भएका छन ।
नेपाली काङ्रेसका युबा नेता केन्द्रिय सदस्य प्रदिप पौडेलको प्रमुख आथित्यता र जन संपर्क समिति नर्बे अध्यक्ष प्रबिण शाहीको अध्यक्षतामा भएको  भएको अधिबेशनमा नेपाली जनसम्पर्क समिति भारतका अध्यक्ष बालकृष्ण पाण्डे, नेपाली कांग्र्रेसका महासमिति सदस्य रामचन्द्र पाठक, महाधिवेशन प्रतिनिधि भरत ढकाल, नेपाली कांग्रेस अर्घाखाँची सम्पर्क समाजका सचिव धर्म खनाल, प्रवासी नेपाली मञ्चका अध्यक्ष अमरबहादुर सिंह, अन्तर्राष्ट्रिय नेपाली समाजका हरि पाठक, विवेकशिल नेपालीका डिपी न्यौपाने, एनआरएनका कुमार पण्डित, प्रेम परियार, नेपोसका हरि बानियाँ, नेस्कोका अमृत दाहाल , हेल्पिङ ह्याण्सका कृष्ण श्रेष्ठ लगायतले शुभकामना दिनु भएको थियो ।