ओम शर्मा , चारदिशा,
युरोपमा रहेका नेपाली काङ्रग्रेसका कार्यकर्ताहरु जर्मनीको फ्र्याङफर्टमा भेला हुने भएका छन । युरोपमा बिभिन्न्न देशमा गठित जनसंपर्क समितीमा आबद्ध नेपाली काङ्ग्रेसका प्रबासी कार्यकर्ताहरु जनसंपर्क युरोप समन्वय समितीको सन्जालका बारेमा छलफल गर्न त्यहा भेला हुन लागेका हुन । नेपाली काङ्रेसका केन्द्रिय सदस्य सुरेन्द्र पाण्डेले भेलाको उद्घाटन गर्नेछन भने भेलाको दोश्रो दिन जर्मनीमा सकृय संघ संस्थाहरुलाई पनि निमन्त्रणा गरिएको छ ।

१० बर्ष अगाडि जर्मनीकै बर्लिनमा नेपाली काङ्रेसकी तत्कालिन बिदेश बिभाग प्रमुख सुजाता कोइरालाको उपस्थितीमा यस खाले सन्जाल निर्माण गर्ने निर्णय भै संगठनलाई बिस्तार गर्ने गरी दिल गुरुङ सम्योजक र गंगाधर गौतम महामन्त्री सहितको तदर्थ समिती बनेको थियो । समिती आबस्यक छ छैन भन्ने बिषयमा त्यतिबेला देखिकै बिबाद यथाबत रहे पनि समितिले भेला र अधिबेसन गर्दै अाइरहेको छ । २००६ मा गठन भएको समितीले २००८ मा पोर्तुगलको लिस्बोनमा एक पक्षको बहिस्कारका बिच पहिलो अधिबेशन गरेको थियो भने त्यस पछी स्पेन र नेदरल्यान्डमा भेला गरी समिती बिस्तार र बिधान तयार गर्ने काम गरेको थियो । देशीय समितीमा रहेको बिबादको प्रभाब यो समितीमा पनि पर्ने भएकोले चाहे अनुसार समिती अगाडि बढ्न नसकेको अवस्था एकातिर छ भने समितिका पदाधिकारीहरुले पनि युरोपमा सकृय र अग्रज कार्यकर्ताहरुलाई समेट्न नसकेको गुनासो बारम्बार सुनिदै आएको छ । १० बर्ष सम्म नेत्रित्वको हस्तान्तरण नहुनु र नेत्रित्वले समितिको औचित्य आम कार्यकर्ता समक्ष पुस्टि गर्न नसक्नु अर्को बिडम्बना भएको छ ।

बिशेष गरी बेल्जियमका काङ्रेशीहरुको किचलोको सिकार यो समिती हुँदै आएको छ । पूर्व प्रधानमन्त्री एबम नेपाली काग्रेसका तत्कालिन सभापति स्वर्गिय शुशिल कोइरालाले बेल्जियम भ्रमणमा रहेको बेला समिती आबस्यक छ कि छैन भन्ने दुई पक्षको कुरा सुने पछी धेरै देशमा जनसंपर्क समिती सक्रिय रहेकोले युरोप समिती आबस्यक नभएको तर समिती सन्योजक गुरुङलाई केन्द्रीय प्रतिनिधिको रुपमा काम गर्न निर्देशन दिनु भएको थियो । नेपाली काङ्रेस केन्द्रको बिधानमा जन संपर्कका राष्ट्रिय समितीको अबधारणा भए पनि कुनै छेत्रीय वा ग्लोबल समितीको ब्यबस्था छैन ।

यदि यो समितिलाई सबैको समर्थन भएमा केन्द्रिय बिधानमा समितिको अबधारणा लिपिबद्ध गराउन दबाबको थालनी हुनु पर्ने देखिन्छ ।
युरोपका धेरै जसो देशमा जन सम्पर्क समिती सकृय रहेको अवस्थामा भबिष्यमा कसरी अगाडि बध्ने भन्ने बारे महत्वपूर्ण छलफल हुने र निती तथा कार्यक्रमको बारेमा निस्कर्शमा पुग्ने विश्वाश समितिले लिएको छ । १ दशक को अबधीमा भए गरेका कामको बारेमा पनि लेखाजोखा हुने छ । दुई चरणमा बिभाजन गरिएको कार्यक्रममा संगठनको आन्तरिक छलफल र औपचारिक कार्यक्रम हुनेछन ।

युरोपमा रहेका अन्य संगठनको तुलनामा शँख्यात्मक हिसाबले बहुमतमा रहेका काङ्ग्रेशीहरु प्रभाबकारी कार्यक्रमहरुको छनोट र आन्तरिक एकताको अभाबमा अपेक्षा गरे अनुसार जनमानसको रोजाइ बन्न सकेका छैनन ।

संसारलाई आधुनिक लोकतन्त्र सिकाएका युरोपका प्रजातान्त्रिक बिधी, पाद्धतिले चल्ने देशहरुमा रहेर पनि नेपालको प्रजातान्त्रिक आन्दोलनको अगुवा पार्टीका कार्यकर्ताहरुमा प्रजातान्त्रिक आचरण नदेखिनु दु:खद रहेको आम मानिसको गुनासो रहने गरेको छ । यस जनअपेक्षालाई सम्बोधन गर्ने कोशीस भएमा फ्र्यान्क्फार्ट भेला सफल भएको मानिने छ ।