डिल्ली अंमाई, चारदिशा,
डिसेम्बर १२, आज बेल्जियम लगायत बेनेलक्स र युरोपियन युनियनका लागि नब नियुक्त नेपाली राजदुत महामहिम लोक बहादुर थापाले बेल्जियमका महाराज धिराज फिलिप लेओपोल्द लुद्विग मरिआ समक्ष आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको छ ।

आज बुधबार बेल्जियमको रोयल प्यालेस ब्रुसेल्समा भएको विशेष कार्यक्रममा नवनियुक्त नेपाली राजदूतले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेका हुन ।
उक्त अबसर बेल्गियन नरेश फिलिपले राजदुत थापालाई बधाई दिदै उहiको कार्यकालमा बेल्जियम र नेपालको सम्बन्ध अझ मजबुत हुने अपेक्षा सहित नेपालको उन्नती र प्रगतीमा बेल्जियमको सहयोग आगामी दिनमा पनि निरन्तर रहनेछ भन्दै आफु युबराजधिराज हुँदा गरेको नेपाल भ्रमणको स्मरण गरीबक्स्यो ।
राजदुत थापाले गणतन्त्र नेपालकी राष्ट्रपती बिद्यादेवी भण्डारीले आर्थिक बिकासमा नेपाल र बेल्जियमको साझेदारीको निरन्तरता र दुई देशको सम्बन्धले नयाँ उचाइ पओस भनी ब्यक्त गरेको शुभकामना सन्देश सुनाउनु भयो ।

युरोपियन युनियन र बेनेलक्सका देशहरुले नेपालको आर्थिक, सामाजिक बिकासका लागि ठुलो सहयोग गर्दै अाईरहेका छन ।

राजदूत लोक बहादुर थापाले सन् १९८९मा नेपाल सरकारको पररास्ट्र मन्त्रालयमा सेवा शुरु गर्नु भएको थियो । बेल्जियममा राजदूत नियुक्त हुनु अघि पासपोर्ट शाखामा महानिर्देशकको रुपमा कार्यरत थापाको यस अघि साउदी अरब, चिन र अष्ट्रेलियाको मिसनमा समेत अनुभव भएको छ। थापाले अष्ट्रेलियामा उप- नियोग प्रमुखको रुपमा काम गरेर थिए। प्राय: राजनीतिक भागबण्डामा राजदूत पाएको बेल्जियमले परराष्ट्रमा करिव तीन दशक लामो अनुभव भएका थापाबाट बेल्जियमको नेपाली समुदायले ठुलो अपेक्षा राखेको छ