केहीदिन पहिले बेल्जियममा बसोबास गर्ने एक नेपाली अगुवा मित्र कृष्ण रेग्मीले ईमेल मार्फत व्रसेल्स फेडेरल संसद र सिनेटको जानकारी मुलक भ्रमण गर्ने निमन्त्रणा दिनुभयो । बेल्जियम स्थित सबै नेपालीहरुलाई उक्त भ्रमणको लागि विवरण मागिएकोमा केही सर्बसाधारण तथा केही अगुवहरु उहाँकै अगुवाइमा भ्रमणमा सामेल भए ।
यही फेब्रुवरी २३ मा पुन: कृष्ण रेग्मीको अाधिकारिक नेतृत्वमा ब्रुस्सेल अवस्थित युरोपियन संसदको अबलोकन भ्रमण हुँदै छ । भ्रमण समुहमा एन आर एन ए का केन्द्रिय सल्लाहकार युबराज गुरुङ यूरोप प्रमुख अर्जुन कुमार श्रेष्ठ,अग्रज तथा एन आर एन ए का संस्थापक रबिन्द्रमान श्रेष्ठ, जन प्रगतिशिल मन्चका अध्यक्ष चित्र सुबेदी,पत्रकार महासंघ युरोप शाखाका उपाध्यक्ष तथा चार दिशा http://chardisha.com/ अन्लाईन पत्रीकाका प्रधान सम्पादक अोम शर्मा,संघिय समाजबादी समाज युरोप संयोजक पिजी शेर्पा,जन संपर्क समिती बेल्जियमका अध्यक्ष सन्तोष जोशी,महिला समाज सेवी तथा नेत्री सिता सापकोटा लगायत बेल्जियम समाजका बिशिस्ट तथा सर्वसाधारण नेपाली तथा बेल्जिकहरु समाबेश छन । अत यो टोलीको उद्यस्य केवल अनुगमन र द्रिस्याबलोकनबाट आनन्द लिनु मात्रै नभै तथ्यहरुलाई रेकर्ड गर्नु,सफल यात्राका विभिन्न पहलुहरुको याद ताजा गर्दै टिप्पणी उतार्नु, अबलोकन गरिएका सामाग्री वा स्थलको विवरण संकलन गर्नु,त्यस प्रकारका उत्प्रेरकहरुको मूल्य र उपयुक्तताको बारेमा धेरै आश्वस्त हुनु , आफ्नो भाबी कार्य वा लेखको लागि सन्धर्भ सामाग्री बनाउनु समेत् हुन सक्ने छ ।
अर्को तर्फ यस्ता भ्रमणहरुलाई सन्दर्भ सामाग्रीको रुपमा आफ्नो दैनिकी,प्रोजेक्ट बुलेटिन बोर्डमा तस्वीर, स्मृति-चिह्न, आधिकारिक विवरण पुस्तिका, विभिन्न माध्यमहरुमा गरेका कार्य वा भ्रमण-स्थानबाट ल्याइएको सामग्री प्रदर्शन गर्न सकिन्छ । यसलाई पत्रकारले आफ्नो रुपबाट भ्रमणको उपादेयतालाई प्रदर्सित गर्दछ भने राजनीतिज्ञ,लेखक, कबी वा चित्रकारले आफ्नै किसिमले ।
अन्त्यमा यो भ्रमणलाई हर प्रकारले सहयोग गर्ने सबैलाई साधुबाद र आयोजक कृष्णजीलाई धन्यवाद !!