चारदिशा, सम्बाददाता, बेल्जियम,
गैर आबासीय नेपाली संघका उपाध्यक्ष भबन भट्टले गैर आबासीय नेपाली संघलाई बिशुद्ध सामाजिक संस्थाकै रुपमा अघि बढाउनु पर्ने बताउनु भएको छ । युरोपका गैर आबासीय नेपालीहरु सँग भेट्घाट गर्ने क्रममा बेल्जियम आइपुगेका भट्टले संघको बेल्जियम राष्ट्रिय समन्वय परिषदले आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै संघले घोषणा गरेका भुकम्प पीडितहरुको लागि १००० घर निर्माण गर्ने प्रकृया आवश्यकता र मानबीय हिसाबले पनि जरुरी भएकोले संघका सबै सदस्यहरुले यस अभियानमा साथ र सहयोग गर्न आग्रह गर्नुभयो ।
संघको मुल उद्यस्यनै देशको उन्न्नती र नेपाली दाजुभाई दिदीबहिनीहरुको सुख दु:खमा साथ र सहयोग गर्ने भएको हुँदा गत सालको भुकम्पले पुर्याएको भौतिक एबम मानबीय क्षतीबाट देशलाई उकास्न अग्रसर हुन हामी सबै साक्रिय हुन जरुरी छ । बिभिन्न संघ संस्थाका पदाधिकारी एबम गैर आबासीय नेपाली संघ बेल्जियमका सदस्यहरुलाई सम्बोधन गर्दै भट्टले गोर्खा जिल्लाको लाप्राकमा 612 घर सहितको एकिक्रित बस्ती निर्माणको सिलान्यास भएर काम सुरु भएको र संघको केन्द्रिय कार्यालय निर्माणको काम पनि भैरहेको जानकारी गराउनु भयो । संघको सन्जाल ७५ देशमा पुगी सकेकोले यसलाई संस्थागत बनाउन पनि आबस्यक रहेको छ ।
संघको भाबी अध्यक्षका प्रबल दाबेदारका रुपमा हेरिएका भट्टको यो युरोप भ्रमणलाई मिडियाहरुले चुनाबी अभियानको थालनी भनी प्रचार गरेको प्रती टिप्पणी गर्दै गैर आबासीय नेपाली अभियानमा आफ्नो सधैं एउटै गती र उद्यस्य हुने र त्यो संघको सफलताको लागि भएकोले संसार भरिका गैर आबासीय नेपाली साथीहरुको चाहना बमोजिम आफु जहाँ र जुन जिम्मेवारीमा रहेर पनि काम गर्न तयार रहेको बताउनु भयो ।
संघको जापान इकाइबाट जिम्मेवारी पुरा गर्दै केन्द्रको उपाध्यक्ष सम्म पुगे पनि संघको सम्रचना भित्र रहेर सक्रिय हुन चाहेकोले त्यो केन्द्रको अध्यक्ष वा जापान शाखाको सदस्य जुन जिम्मेवारी भए पनि फरक नपर्ने भन्दै जापानकै पूर्व प्रधानमन्त्री बर्तमान सरकारमा अर्थ मन्त्रीको पदमा बसेर देशको सेवा गरी रहेको उदाहरण प्रस्तुत गर्नु भयो , सामाजिक संस्थामा पनि पदको बढुवा हुनै पर्ने सामान्ती प्रब्रिती त्याग्नु पर्ने बिचार राख्दै आफुले पदलाई भन्दा कामलाई महत्व दिने बताउनु भयो ।
गैर आबासिय नेपाली संघ बेल्जियमका अध्यक्ष गंगाधर गौतमको सभापतित्व र महासचिब लोक दाहालको सन्चालनमा सम्पन्न उक्त अनरकृया कार्यक्रममा अाईसिसी सदस्य जानकी गुरुङ , नेत्र मगर , चिज कुमार श्रेष्ठ, हरी बहादुर खत्री (लग्जेम्बर्ग ) आईसिसी सचिब अर्जुन श्रेष्ठ, युरोप उपसंयोजक् प्रेम गुरुङले उपाध्यक्ष भट्टलाई बेल्जियममा स्वागत गर्दै संघका गतिबिधी बारेमा आफ्नो भनाई राख्नु भएको थियो । त्यसै गरी संघका बेल्जियम उपाध्यक्ष पदम गुरुङ नेपाल पत्रकार महासंघ युरोपका बरिष्ठ उपाध्यक्ष ओम शर्मा , पबन सुबेदी , शंकर बजगाई लगायतले संघका कृयाकलाप बारेमा उपाध्यक्ष भट्टसँग जिज्ञाशा राख्नु भएको थियो ।