ओम शर्मा, चारदिशा ,
पहिलो विश्व युद्धमा भारतीय सेनामा कार्यरत रही बेल्जियमको इपरमा बिरगती प्राप्त गरेका नेपालीहरुलाई आज एक कार्यक्रममा बेल्जियमबासी नेपालीहरुले श्रद्धान्जली ब्यक्त गरे ।
तमु समाज बेल्जियमले सन्योजन गरेको यस श्रद्धान्जली कार्यक्रममा बेल्जियमका लागि नेपाली राजदुत लोक बहादुर थापाले १०० बर्ष अघि नेपाली दाजुभाईहरुले बिरता प्राप्त गरेको स्थानमा नेपाली योस्द्धाहरुको सम्मानमा बनाइएको स्मारक अगाडि उभिएर ति ज्ञात अज्ञात आफन्तहरुलाई श्रद्धा अर्पण गर्दा आफु निकै भाबुक भएको बताए ।
भिक्टोरिया क्रस पदक बिजेता शेर बहादुर थापाका सन्तान रहेका राजदुत थापाले भने, गोर्खाहरुको बिरताको संसारले सम्मान गर्ने गरेको र अबको पुषताले ईतिहास बाट सिकेर त्यसलाई नयाँ भबिस्यका लागि सदुपयोग गर्न सके नेपालको प्रगतीको सम्बाहक बन्नसक्ने छ । बिदेशमा बस्ने प्रत्येक नेपालीको व्यबहारनै नेपालको चिनारी हुने हुँदा सबैले आफ्नो कला सन्स्कृतिको उन्नती र नेपालको ख्यातिको लागि मिलेर काम गर्न आभ्ह्वान गरे ।
बेल्जियमबासी नेपालीहरुको तर्फबाट श्रद्धान्जली ब्यक्त गर्दै गैर आबासीय नेपाली संघका अध्यक्ष गंगाधर गौतमले सबै संघसंस्था मिलेर स्थायी रुपमा इपरमा बनेको स्मारकको सम्रक्षण गर्न एकजुट हुन आग्रह गरे ।
इपरमा नेपालीहरुले वीरगती प्राप्त गरेको बिषय तत्कालिन ब्रिटिश र जर्मन सेनाको युद्ध र त्यस पछीको अवस्थाका बारेमा जानकार रहेका पत्रकार महेश थापाले भारतीय सेनाको कमान्डमा युद्ध लडेका नेपालीहरुको बारेमा यहाँको आधिकारीक निकायलाई जानकारी गराउन सकिएको र अझ धेरै अनुसन्धान गर्न बाँकी रहेको र यसका लागि नेपाली दुताबासले पहल गरोस भनी आग्रह गरे ।
इपरमा नेपालीहरुले युद्ध लडेको र त्यसको आधिकारिता नभएको नाम र थरले मात्र नेपाली भएको भनी उनीहरुको चीरशान्तीको कामना सहित् श्रद्धान्जली दिने अभियान सुरु गर्नुपर्छ भनी अभियान चलाऊने मध्य एक गम बहादुर गुरुङले, २० बर्षे जवानीमा बिरानो भुमीमा वीरगती प्राप्त गरेको नेपाली युबकको अवस्थाको परिकल्पना गर्दै उनीहरुको कुर्बानीको सम्मान हुनु पर्ने राय ब्यक्त गरे ।
तत्कालिन पररास्ट्रमन्त्री सुजाता कोइरालाले इपरका मेयर र इपर कमन वेल्थ ग्रेब कमिशनका अधिकारी सँग भेट गरी नेपाल सरकार आफ्ना दिबँगत नागरिकहरुको पहिचान र सम्मानका लागि तयार रहेको बताएकी थिईन ।
त्यस पछी नेपाली दुताबासले ततकालिन मिनिस्टर काउन्सिलर कुमार खरेल, युबराज गुरुङ , अर्जुन श्रेष्ठ र महेश थापा रहेको अध्ययन समिती बनाएको थियो । समितीले बिस्त्रित अध्ययन गरी नेपालीहरुको पहिचान र नेपालीहरु भारतीय नागरिक भनी लेखिएकोमा सच्याउनका लागि पहल गरेको थियो । त्यस पछी नेपाली योद्धाहरुको स्मारक बनाउने पहल सुरु भएको थियो । यही बिषयमा बेल्जियमको नेपाली समुदाय बिभाजित भएको थियो । स्मारक कस्ले बनाउने र स्वामित्व कस्ले लिने भन्ने बिषयमा लामो बिबाद भए पछी नेपाली दुताबास सरकारी खर्चमा राजदुत राममणी पोख्रेलको पहलमा स्मारक निर्माण गरेको थियो । गत बर्ष केही सिमित ब्यक्तीहरुको उपस्थितीमा स्मारकको अनाबरण गरिएको थियो ।
तमु समाजले १० बर्ष देखि गर्दै अाइरहेको श्रजान्जली अर्पण गर्ने कार्यक्रमको यो बर्ष पनि गरे पछी सबै एकजुट भै कार्यक्रम हुन थालेको छ । बेल्जियमका लागि नबनियुक्त राजदुत थापाको पहिलो औपचारिक कार्यक्रम बनेको यो श्रद्धान्जली अर्पण गर्ने कार्यक्रममा दुताबासले पनि नेपाली समुदाय सँग मिलेर कार्यक्रमलाई निरन्तरता दिने भएको छ ।
क्यानाडा, जर्मनि, बेलायत, फ्रान्स, दक्षिण अफ्रिका तथा भारत लगायतका देशहरुबाट राजदुतहरु, सैनिक अधिकृतहरु श्र्रद्धाञ्जलि कार्यक्रममा भाग लिने गर्दछन। हिलो विश्व युद्ध समाप्त भएको नोभेम्बर ११ गते ११ बजे बिशेष समारोहको आयोजना गरी यो दिनमा युद्धको त्रासदि, १० लाख भन्दा बढी मानिसले ज्यान गुमाएकाहरुलाई श्रधान्जलि दिदै स्मरण गर्ने गरिन्छ । मानब ईतिहासमा पहिलो पटक रासायनिक हतियार प्रयोग भएको इपरको युद्धले शहरनै तहस नहस बनाएको थियो ।
नेपाल कमन वेल्थ देशमा नपर्ने भएकोले कमन वेल्थ ग्रेब कमिशनले औपचारिक नबोलाउने भए पनि नेपाली वीरहरुको योगदानको कदर गर्दै नेपाली दुताबासलाई पनि सह्भागी गराउन पहल थालिने भएको छ । वीरगती पाउने ५६ जना नेपालीहरुको नाम उल्लेख भए पनि अन्य थुप्रै अज्ञात नेपालीहरुले त्यहा ज्यान गुमाएको हुन सक्ने अनुमान गरिन्छ ।
अर्बिन घलेले सन्चालन गरेको कार्यक्रममा तमु समाजका अध्यक्ष जीबन गुरुङ उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रम बिसर्जन गरेका थिए ।