स्पेनमा तिहार धमाका , संजिब प्रधान र नलिना चित्रकार आउँदै

0

स्पेनको बार्सिलोनामा तिहार बिशेष धमाका हुने भएको छ । नेपालबाट चर्चित गायक संजिब प्रधान र नलिना चित्रकार तिहार बिशेष कार्यक्रमका लागि बार्सिलोना आउँने भए पछि भब्य सांगीतिक धमाका हुने भएको हो ।
नेवा पासा पुच स्पेनको आयोजनामा आगामी नोभेम्बर ६ तारिख हुने कार्यक्रममा स्थानीय कलाकारहरुको समेत बेजोड नृत्य र भैली लगायतका प्रस्तुती रहने छ । गायिका चित्रकारका गोरी गोरी सानी मोरी , पानी पानी भयो ….’ चाहिदैन हिरा र मोति माया भय पुग्छ र अन्य थुप्रै ) जस्ता लोकप्रिय गीतहरुका गायक प्रधानका देउरालीको चौतारीमा ,भोली फेरी सल्लाघारीमा देउराली को चौतारीमा सङ्गिनिले आखा छोपेको आउछ अझै झझल्को र अन्य थुप्रै ) जस्ता चर्चित गीतहरुमा स्पेनबासी नेपालीहरु रमाउँने भएका छन्।

चाडबाडको अबसर परेर आयोजना गरिएको उक्त तिहार धमाका कार्यक्रममा स्थानिक लोकप्रिय कलाकारहरुको समेत बिशेष नृत्य निरा जहिले रिसाउने, ठमेल बजारमा टिपीकल नेपाली घर बनायर नाङ्लोमा दियो बाली भैली खेलिने , लोकप्रिय बासुरी बाधक बिनोद कटुवाल ,मनिष श्रेष्ठ,शुभाष बिष्टको तिहार धुन,लगायत बिशेष प्रस्तुतीहरु समेत प्रस्तुत गरिने तयारी गरियको छ । साथै लोक दोहोरी गायिका सुमि घिमीरे लगायत स्थानीय कलाकारको बेजोड प्रस्तुति सहितको सांगीतिक कार्यक्रमको तयारी गरिएको छ। एन आर एन महिला संयोजक सपिला राज भण्डारी तथा उप संयोजक रजनी प्रधान लगायतको उपस्थितीमा हुन गईरहेको कार्यक्रममा सहभागिताका लागि स्पेन स्थित सम्पुर्ण संध सस्थाहरुलाई पत्राचार गरिसकिएको आयोजकले जनाएका छन ।

उक्त कार्यक्रमको बिशेष आकर्षण नेवारी बिशेष परिकार समयबजी समेत दर्शकहरुलाई खुबाईने आयोजक नेवा पासा पुच स्पेनले जनाएको छ । नेवारी भोज भुईमा बसेर टपरीमा हातले खाने प्रचलन भएकोले यसले बिशेष महत्व राख्ने गर्दछ । कार्यक्रममा स्पेनबाशी सम्पुर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आयोजकले हार्दिक निमन्त्रणा गरेको छ ।
कार्यक्रम बारे बिस्तृत बिबरण :
मिती : नोभेम्बर ६ २०१६ आईतबार
समय : ४ बजे
स्थान : joshep pla 40, besos mar ( तेरिया मगर आउदाको सधै नेपालीहरुको कार्यक्रम हुने हल )

Leave A Reply

Your email address will not be published.