चारदिशा बेल्जियम
वेल्जियममा मिति २०१६ अक्टोवर १६ तारिखका दिन बेल्जियमको राष्ट्रबादी पार्टी यनभियाका नेता कृष्णप्रसाद रेग्मी संयोजक रहेको नेपाली समाज वेल्जियम नामक यनजिओको अायोजनामा सशुल्क दिवा भोज कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । उक्त कार्यक्र्ममा उनी सन्लग्न पार्टीका

माथिल्लो ओहदाका नेता तथा कार्यकर्ताको उल्यख्य उपस्थिती रहेको थियो भने नेपाली राज्दुताबास ब्रुस्सेलका कार्यबाहक राजादुत घनश्याम भण्डारीको समेत बिशेष उपस्थिती रहेको थियो । छोरी परियोजनाको सहयोगार्थ भएको उक्त कार्यक्रममा वालवालिका वाहेक ३६३ वेल्जियमका नागरिकहरुको सहभागिता रहेको आयोजकबाट थाहा हुन आएको छ ।

कार्यक्रमलाई व्यवस्थित वनाउने उनी सन्लग्न पार्ट्री NVA को उक्त नगर समितिको कार्य समितिले नेपाली टोपी पहिरिएर स्वंम सेवा प्रदान गरेको रेग्मीले जानकारी दिएका छन । उनले फेसबुकको वालमा जानकारीहरु पोस्ट गरे अनुसार कार्यक्रममा कसैलाई ब्याच लगाउने र सम्मान स्वरुप खादा ओढाउने गरिएन । सम्भव भएसम्म नेपाली रंग दिनको लागी स्वयम्सेवकहरुलाई नेपाली टोपीको लगाउने काम भयो । पुर्ख्यौली घर गोर्खा भई ,गोर्खा र चितवन जिल्लाका पहाडी क्षेत्रमा भुकम्पबाट क्षेतिग्रस्त विद्यालय पुनर्निर्माणको निमित्त काम गर्दै आएको भनिएको छोरी परियोजनाले आम्दानीको विवरण र योजनाहरु बारे सार्वजनिक गर्दै जाने बताइएको छ ।

त्यस्तै सोही दिन बेल्जियमको लुभेनमा नवलपरासी सहायता समाजले पनि सम्बन्धित जिल्लामा परोपकारी अभियानको लागी सशुल्क भोजन कार्यक्रम सम्पन्न गरेको छ ।