सन् १९५० को सन्धी पुनरावलोकन गर्ने सैद्धान्तिक सहमति

0

काठमाडौं । नेपाल र भारतबीचको उच्चस्तरीय प्रबुद्ध समूहको संयुक्त बैठक १९ सय ५० को शान्ति तथा मैत्री सन्धी पुनरावलोकनमा सहमति जुटाउँदै समापन भएको छ। दुई देशबीचको प्रबुद्ध समूह ईपीजीको दुई दिनसम्म भारतको राजधानी नयाँ दिल्लीमा बसेको बैठकमा दुबै मुलुकका प्रतिनिधी सन्धी पुनरावलोकनमा सहमत भएका हुन् । नेपाली पक्षले सन्धीका कतिपय बुँदा असान्दर्भिक रहेको भन्दै पुनरावलोकनका लागि एजेण्डा बनाउन आग्रह गरेको र भारतीय पक्ष समेत सहमत भएको बताइएको छ । भारतीय पक्षका नेता भगतसिंह कोसियारीले भने सन्धी पुनरावलोकनका बिषयमा नेपाली पक्षको कुरा सुनेको प्रतिक्रिया दिएका छन् । बैठकमा सन्धि लगायत दुई देशबीचको व्यापार, पारवहन, सिमाना, सामाजिक र सांस्कृति पक्षका बारेमा निचोड पुग्ने गरी गृहकार्य गर्ने सहमति भएको छ । समूहको अर्को बैठक तीन महिनापछि नेपालमा हुनेछ ।

Leave A Reply

Your email address will not be published.