धार्मिक महोत्सबले आज बाग्लुङ बन्यो मुलुकको राजधानी जस्तै-सहयोगको ओइरो

बाग्लुङ अबस्थित सर्वसिद्धि धाम पञ्चकोटमा आयोजना गरिएको धनधान्याञ्चल धार्मिक पर्यटन महोत्सबमा सहभागी हुन प्रधानमन्त्री सुशिल कोइराला,गृह तथा उपप्रधानमन्त्री बामदेव गौतम,प्रमुख प्रतिपक्षी दलका प्रबक्ता दिनानाथ शर्मा सहित सरकारका मन्त्री तथा उच्च पदस्थ व्यक्तित्वहरु आज अाइपुगेका हुन । त्यहा भक्तहरुको असन्ख्य भिडले छिचोली नसक्नु छ ।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री कोईराला सहित महायज्ञमा रु २५ हजार ५सय ५५ देखी रु २५ लाख ५५ हजार ५ सय ५५ दिने १ हजार ८ सदस्यहरुव्दारा सामुहिक रुपमा श्री राम लेखिएको शिला व्दारा शिलान्यास गरियो । शिलान्यास कार्यक्रममा पतन्जली योगका आचार्य बालकृष्ण आएका थिए । प्रधानमन्त्री सुशील कोइराला , एमाले अध्यक्ष केपी ओली, उपप्रधान तथा गृहमन्त्री बामदेव गौतम, भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधी, सिंचाइ मन्त्री एनपी साउद, कृषि मन्त्री हरि पराजुली, पूर्व मन्त्री प्रकाश शरण महत, सुजाता कोइराला, माधब घिमिरे, नेकपा माओवादीका प्रवक्ता दिननाथ शर्मा, राजदुत दीप कुमार उपाध्याय, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो, व्यवसायी अजय सुमार्गी, चन्द्र ढलाल, सरकारका सचिब तथा पूर्व सचिबहरु लगायत १ हजार जनाले संयुक्त रुपमा शिलन्यास गरे। सो कार्यक्रममा प्रधानमन्त्री सुशील कोइरालाले ८५ प्रतिशत हिन्दु रहेको हाम्रो मुलुकमा पञ्चकोट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास हुने बताए। ‘यो ठाउँमा आउँदा स्वर्गलोकमा आए जस्तो लाग्यो,’ कोइरालाले भने, ‘मुलुकमा धार्मिक पर्यटनको सम्भावनालाई यसले सघाउ पुर्यााउँछ।’
एमाले अध्यक्ष केपी ओलीले सो स्थानको विकास गर्न २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्दै स्वामीले प्रशंसनीय कामको सुरुवात भएको बताए। ‘हामी बिरुद्ध सांस्कृतिक हमला भएको छ,’ उनले भने,’यस्ता कार्यक्रमले हाम्रो हजारौँ वर्ष पुरानो सभ्यतालाई जोगाउँछ।’
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले १५ दिनको तलब सहयोग गर्ने घोषणा गर्दै हिन्दु संस्कार अनुसार धार्मिक पर्यटनको सम्भावनालाई उजागर गरेको बताए। ‘हिन्दु धर्म नभएर नेपालीको संस्कृति भएको छ,’ उनले भने, ‘महत्वपूर्ण धामको रुपमा विकास गर्न सहयोग गछौँ।’ भौतिक योजना तथा यातायात व्यवस्था मन्त्री बिमलेन्द्र निधी सो स्थानमा सडक ल्याउन पहल गर्ने बताए , सिंचाइ मन्त्री एनपी साउत, पूर्व मन्त्री सुजाता कोइराला , प्रकाश शरण महत, दीप कुमार उपाध्याय लगायतले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए। सो अवसरमा व्यवसायी अजय सुमार्गीले १ करोड ५५ हजार ५ सय ५५, बागलुङ अमलाचौरका ग्लोलब आइएमइका अध्यक्ष चन्द्र ढकालले २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरे।