काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले भारत र चीनका लागि प्रस्तावित राजदूतको नाम आज अनुमोदन गरेको छ । विशेष समितिको बैठकले भारतका लागि प्रस्तावित राजदूत दीपकुमार उपाध्याय र चीनका लागि प्रस्ताव गरिएका लीलामणि पौड्याललाई अनुमोदन गरेको हो । बैठकले न्यायपरिषद् सदस्यमा रामप्रसाद सिटौलालाई पनि अनुमोदन गरेको संसद् सचिवालयका सहायक प्रवक्ता सुदर्शन कुइँकेलले जानकारी दिनुभयो ।