बेल्जियममा एक परोपकारी जोडीसङ्गको कुराकानी

0

त्यो नै मानब हो जो मानवताको लागि मर्दछ । मानव एक सामिजिक प्राणी हो । यो सबैलाई थाह भएको कुरा हो कि एउटा मान्छेको सुख दु:ख अर्को सँग जोडीएको हुन्छ । अत अरुको सुख दु:खको चिन्ता गर्नु उसको परम कर्तब्य हो । त्यो मानिस राक्षस मानिन्छ जो आफ्नो स्वार्थको लागि अरुलाई हानी पुर्याउछ । साथै जो मानिस् अरुको उपकारमा रमाउछ उसलाई देब तुल्य मानिन्छ ।परोपकारी मनुष्य आफ्नो त्याग, समर्पण र सेवाबाट जन – जनको हृदयलाई सधैंको लागि बसमा पार्न सक्दछ । शासक आफ्नो सैनिक शक्तिको बलमा शासन गर्दछ तर मानिसको आत्मलाई जित्नकोलागी परोपकारी शक्ती आवश्यक हुन्छ । राजा राम एक चक्रवर्ती परोपकारी शासक थिए त्यसैले उनको शासनकाललाई परोपकारी शासनकालको रुपमा चिरकाल देखी याद गरिदै आएको छ । परोपकारमा नै एक परम शान्ती र सच्चा आनन्द अन्तर्निहित हुन्छ । परोपकार गरे पछी मनुष्यको आत्मामा जुन सन्तोष प्राप्त हुन्छ त्यसलाई शब्दमा बताउन सकिदैन ।
परोपकार एउटा यस्तो विनियोग हो,जसको ब्याज तपाईं ज्युदो छदै त यसै पनि मिल्दछ मृत्युप्रयन्त पनि तपाईंका उत्तराधिकारिहरुलाई प्राप्त भई रहन्छ । त्यो कहिल्यै पनि ब्यर्थ जादैन । यदि तपाईंसँग आत्मोक शक्ति छ भने समाजमा दीन दुखिहरुको सेवा गरेर परोपकारको पुनीत कार्य गर्न सक्नुहुन्छ । सक्नुहुन्छ भने परोपकार आँफै गर्नुहोस् यदी सक्नुहुन्न भने कुनै न कुनै रुपमा परोपकारीहरुको कार्यमा सानोतिनो सहयोग, सल्लाह र बधाई दिएर आत्मिक शुखको अनुभब लिनुहोस् ।यी शब्दहरु बेल्जियम आएर पनि दिन दुखी नेपाली बाल बच्चाहरुको लागि दिन रात सहयोगको सपना देख्ने सोफिया महर्जन कार्की र सच्चा कार्कीको लागि ! उनिहरुले नेपाली बाल्बच्चा र दिन दुखीहरुलाई आगामी दिनहरुमा के कसरी सहयोग गर्दै छन ? अन लाइन पत्रीका चार दिशाका प्रधान सम्पादक ओम शर्मा र कार्यकारी सम्पादक डिल्ली अंमाईसँग उनको ‘एक किलो नेपालको लागि’ भन्ने कार्यक्रम हलमै पुगेर गरिएको कुराकानी/ उनिहरुका भाबी परोपकारी योजनाहरु बारे सुन्नुस् उनिहरुकै मुखबाट :
‘‘संगच्छध्वं, संवदध्वं, संवोमनांसि जानताम् ।
देवा भागं यथा पूर्वे संजानाना उपासते।।

Leave A Reply

Your email address will not be published.