फेब्रवरी२०,दिउसो ३ बजे सम्म,
नेपाली राजदुतावासले पुर्व घोसित कार्यक्रम अनुसार आज आन्त्वेर्पेनको Vanschjoonhoven-92,2060 मा नयाँं राहदानीको निबेदन लिने र बनेका राहदानी बितरण गर्ने कार्यक्रम सम्पन्न गरिरहेको छ ।
भ्रर्खरै ३ बजे सम्म ४७ जनाको नयाँ राहदानी अबेदन लिने र १० थान राहदानी बितरण गरेको छ भने अझै आबेदकहरुको संख्या बढीरहेको जनाइएको छ । नेपाली राजदुतावसको यो घुम्ते सेवालाई सबै नेपालीहरुले प्रसंशा गरेका छन । यसपछी २४ फेब्रवरीमा लुभेन र आगामी २७ फेब्रवरीमा निदरल्याण्डको आम्ट्रडाममा यसरीनै सेवा प्रदान गर्ने दुतावसबाट जारी सुचनामा जनाइएको छ ।
दुतावसको उक्त घुम्ते सेवा कार्यक्रमको लागि आन्त्वेर्पेनमा नेपाली समाजका नेत्रित्वहरु क्रमश:शुबास जोशी,चित्र शुबेदी र कृष्ण शाहीले सहजकर्ताको भूमिका निभाएको देखिन्थ्यो ।