राज्य प्रमुखहरु नै बाग्लुङ हिंडेपछी ……..

0

बागलुङ नगरपालिका—८ सर्वसिद्धि पञ्चकोटमा आयोजना गरिएको धनधान्याञ्चल धार्मिक पर्यटन महोत्सबमा सहभागी हुन प्रधानमन्त्री सुशिल कोइराला,गृह तथा उपप्रधानमन्त्री बामदेव गौतम सहित सरकारका मन्त्री तथा उच्च पदस्थ व्यक्तित्वहरु बागलुङ आउने भएका छन् । गत १ गते देखि बागलुङ नगरपालिका—८ मा विश्वशान्ति सर्वसिद्धीधाम पञ्चकोटमा अनन्त श्री विभूषित मुक्तिनाथ पिठाधिश्वर स्वामि कमलनयनाचार्य (मुक्तिनाथ बाबा) को अगुवाईमा सुरु भएको महायज्ञमा सहभागी हुन प्रधानमन्त्री कोइराला सहित पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, माधब कुमार नेपाल आउने कार्यक्रम रहेको जनाइएको छ । विश्वशान्ति कलशको शिलन्यास गर्नको लागि प्रधानमन्त्री सहित गृह तथा उपप्रधानमन्त्री बामदेव गौतम, भौतिक योजना तथा निर्माण मन्त्री बिमलेन्द्र निधी, सिञ्चाईँ मन्त्री एनपी साउद लगायतको टोली शनिवार बागलुङ आउन लागेका हुन् । पूर्व मन्त्रीहरु राजेन्द्र पाण्डे, सुरेन्द्र पाण्डे, प्रकाश शरण महत, गैर आवासीय नेपाली संघका पूर्व अध्यक्ष उपेन्द्र महतो सहितको टोली सहित धौलागिरीका सभासद आउने कार्यक्रम छ ।
गत शुक्रबारदेखि सुरु भएको महोत्सव दुई सातासम्म चल्नेछ । धार्मिक पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्नकोलागि यहाँ विश्व शान्ति कलश र महाघण्टी निर्माण गर्न यो महायज्ञको आयोजना गरिएको हो । निर्माण गर्न लागिएको कलश विश्वकै अग्लो १ सय ८ फिट उचाइको कलस र ५ हजार ५ सय ५५ किलोको मुक्तिनाथ महाघण्ट निर्माण गर्न महायज्ञको आयोजना गरिएको हो ।
स्मरण रहोस्’ १ सय ७५ रोपनी क्षेत्रफलमा फैलिएको सो क्षेत्रमा ३३ करोड रुपैयाँको गुरुयोजना बनाएर धार्मिक प्रयटकिय स्थलको रुपमा विकास गर्न लागिएको छ । त्यहाँ ३ सय ६५ तुलसीका मोठ, एकसय ८ बरपिपलका चौतारी निर्माण, एक सय बढि गाई पाल्नकोलागि ‘गण्डकी गोपाल गौसाला निमार्ण गरिनेछ । सो स्थानसँगै जोडिएको मालिका—८ देउराली डाँडामा गौसाला बनाउन थालिएको छ ।
सो स्थानको ऐतिहासिक धार्मिक महत्व भएकोले स्थानीयले जग्गादान लगायतका पूर्वाधार निर्माणमा सघाइ रहेका छन् । त्यहाँ तारा जालकोट, कारीकोट, माझकोट, राङराङकोट र संसारकोट रहेका छन् । उनले सो कलश र घण्टमा कालीगण्डकी नदीबाट तामाको तोरन जोड्ने योजना पनि छ ।

Leave A Reply

Your email address will not be published.