चारदिशा सम्बाददाता

नेपालको हिमाली जिल्लाका दुर्गम गाऊका गरीब बालबालिकालाई सहयोग पुर्याउने उद्यस्यले बेल्जियममा ‘वन किलो फर नेपाल’ नामक योजनाको घोषणा गरिएको छ । बिगत चार बर्ष देखि बेल्जियममा हुर्किरहेका नेपाली मुलका बालबालिकाहरुका लागि नेपाली भाषा कक्षा, न्ऋत्य कक्षा, र ब्यक्तित्व बिकास सम्बन्धी प्रशिक्षण सन्चालन गर्दै अाइरहेको सच्चा कार्की र सोफिया महर्जन कार्कीको जोडीले यस् कार्यक्रमको सन्चालन गर्न लागेका हुन ।

बेल्जियममा संकलन गरिएका सामाग्री स्वयमसेबीहरुको माध्यमबाट निशुल्क नेपाल सम्म पुर्‍याइ काठमान्डौमा संकलन गर्ने र बर्षमा एक पटक अति आबस्यक परेका बाल बालिकासम्म पुर्याउने मुख्य उद्यस्य रहेको कार्यक्रमको बारेमा जानकारी गराउदै संचालक द्वयले यसमा सबै लाई सहभागि भैदिन् आग्रह गरेकाछन । आबस्यकता भन्दा फेशनको लागि किनमेल गर्ने र छिट्टै स्टोरमा थन्क्याउने गरिएका कपडा र खेलाउनहरु संकलन गरी , पारिवारिक भेटघाट र अन्य काममा नेपाल जाने ब्यक्तीहरुलाई कम्तिमा एक किलो सामाग्री नेपाल सम्म पुर्याइ दिन अनुरोध गर्दै सम्पनताले प्राप्त हुने खुशीको थोरै मात्रा भएपनि आभाब र कठिनाईमा हुर्की रहेका गरीब बालबालिकाको मुहारसम्म पुर्याउने परोपकारी कार्यमा सहभागीताकालागी पनि आग्रह गरिएको छ ।

सामाजिक अगुवाहरु अबिभाबक र बालबालिकाहरु एबम केही बेल्जियन नागरिकहरु सहभागि रहेको कार्यक्रमको बारेमा जानकारी पाएपछी सबैले कार्यक्रम अत्यन्त सकारात्मक रहेकोले सकेको सहयोग गर्ने प्रतिबद्धता प्रकट गरेका थिए । यो बर्ष संकलन भएको सामाग्री आगामी अक्टोबर महिनामा काठमान्डौका अनाथ आश्रम र हुम्ला जिल्लाको दुर्गम गाउमा बितरण गर्ने लक्ष रहेको पनि कार्यक्रम संचालकद्वय ले जानकारी गराएका थिए ।

सहयोग गर्न चाहेमा संचालकहरुले तपाईंले दिनु भएको समान घरमै आएर संकलन गर्ने, पार्शल लगि दिनु हुने भए तपाईं भएकै ठाउँमा पुर्याइ दिने नेपालमा पनि एरपोर्ट वा तपाईंको घरमा आएर समान संकलन   गर्ने ब्यबस्था मिलाएको जानकारी पनि दिइएको थियो  ।