इटालीको भूकम्पमा मृत्युहुने २८१, जीवितै उद्वारको आशा म-यो

0

रोम । इटालीमा गएको बुधबार बिहान गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या २८१ पुगेको छ । उद्वारको कार्य जारी रहेको छ र भूकम्पका कारण भग्नावशेषमा पुरिएका नागरिकलाई जीवितै उद्वारको प्रयास भने जारी नै छ ।

तर पनि इटालीको नागरिक प्रतिरक्षा विभागले शनिबार बिहान दिएको जानकारी अनुसार यसरी भग्नावशेषबाट नागरिकलाई जीवितै उद्वारको काम भने असम्भव भएको बताइएको छ ।

उद्वारको कार्य जारी रहेको छ र उद्वारकर्मीहरूका अनुसार अझै पनि केही व्यक्ति पुरिएर रहेका अनुमान गरिएको छ । सो भूकम्पका कारण सयौँ घर ध्वस्त भएको बताइए पनि अझै क्षतिको पूर्ण विवरण आइसकेको छैन ।

नागरिक प्रतिरक्षा विभागले शुक्रबार पनि १५ जनाको शव निकालेको छ । शुक्रबार दिनभर गरेको उद्वारका क्रममा जीवितै मानिस निकाल्न नसकेकोले यसमा परेकाको जीवितै उद्वारको काम अब कठिन भएको जनाएको छ ।

बुधबार बिहान सवेरै ६.२ रिक्टर स्केलको भूकम्प गएको थियो । उद्वारकार्य जारी रहेको छ र हताहत हुने व्यक्तिहरूको सङ्ख्या अझै बढ्ने पनि बताइएको छ ।

सो भूकम्पमा परी ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । क्षतिको पूर्ण विवरण अझै आउन नसकेको अधिकारीहरुले जनाएका छन् ।

Leave A Reply

Your email address will not be published.