main news

प्रधानमन्त्री ओलीलाई कालो झण्डा देखाउने पक्राउ

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीलाई केही व्यक्तिहरुले आज कालो झण्डा देखाएका छन् । कलंकी मालपोत कार्यालयमा कालो झण्डा देखाउने मध्यका २ जनालाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको प्रहरीले बताएको छ । कालिमाटी प्रहरी प्रमुख डीएसपी देवेन्द्रबहादुर पालका अनुसार उनिहरुलाई अहिले महानगरीय प्रहरी... बिस्तृत

समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई सर्वाेच्च अदालतकाे निर्देशन

काठमाण्डौ – सर्वोच्च अदालतले समावेशिताको आधारमा पुनः विज्ञापन गर्न लोक सेवा आयोगलाई निर्देशन दिएको छ । बुधबार संयुक्त छलफल गरेर सर्वोच्चले यस्तो निर्देशन दिएको हो ।   लोक सेवा आयोगले समावेशी सिद्धान्त पालना नगरी विज्ञापन गरेको भन्दै अधिवक्ताहरू जगदेव चौधरी, विकास ठाकुर र राजाराम घिमिरेले छुट्टाछुट्टै रिट निवेदन दायर... बिस्तृत

हावाहुरीले सर्लाहीमा दुईजना घाइते, करेन्ट लागेर बालकको मृत्यु

सर्लाही – मङ्गलबार राति वर्षासँगै आएको हावाहुरीले सर्लाहीमा दुईजना घाइते भएका छन् । मङ्गलबार राति करीब साढे ९ बजेको समयमा आएको हावाहुरीले ब्रम्हपुरी गाउँपालिका–५ पडरियामा एक र मलङ्गवा नगरपालिका–१२ गम्हरीयामा एक गरी दुई घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । हावाहुरीले ब्रहम्पुरी–५ पडरियामा एकतले घरको रेलिङ भत्काउँदा... बिस्तृत

जाजरकोट मालपोतको कार्यलयमा अनलाइन सेवा सुरु

जाजरकोट – मालपोत कार्यालय जाजरकोटले मङ्गलबारदेखि अनलाइन सेवा सञ्चालनमा ल्याएको छ। कार्यालयले पहिलो सेवाग्राही भेरी नगरपालिका–८ की बुदी नेपालीलाई भेरी नगरप्रमुख चन्द्रप्रकाश घर्तीद्वारा जग्गाधनी दर्ता प्रमाण पुर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा सेवा सञ्चालन गरेको थियो। अबको पुस्ता प्रविधिमैत्री बन्दै गएको बताउँदै नगरप्रमुख घर्तीले सेवा प्रवाहमा हुने अनियमिततालाई अनलाइन सेवाले... बिस्तृत

सरकारले फिर्ता लियो गुठी विधेयक

काठमाडौँ‍ – सरकारले गुठी विधेयक फिर्ता लिएको छ। भूमिसुधारमन्त्री पद्माकुमारी अर्यालले मन्त्रालयमा मंगलबार साँझ गरेको पत्रकारसम्मेलनमार्फत सरकारले विवादास्पद गुठी विधेयक फिर्ता लिएको घोषणा गरेकी हुन् । राष्ट्रियसभामा विचाराधीन गुठी विधेयकका कारण करिब एक महिनादेखि सडक र सदन दुवै तातेको छ । यसअघि मंगलबार दिउँसो संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले... बिस्तृत

गतल संसदीय नजिर बसाल्न खोजियोः नेता नेपाल

काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीको सम्बोधनमा अवरोध गरेर गलत गरेको टिप्पणी गरेका छन् । संघीय संसद भवन अगाडी पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता नेपालले गलत संसदीय नजिर बसाउन प्रतिपक्षलाई अरोप लगाए । प्रधानमन्त्रीले बोल्ने भनिसकेपछि संसदीय परिपाटीअनुसार उनको कुरा सुन्नुपर्ने नेता... बिस्तृत

प्रधानमन्त्रीले पहिल्यै बोलेपछि मैले के बोल्ने?

संसदमा गरेको अवरोध बारे बोले देउवा काठमाडौँ – संसदमा आफूले पहिले बोल्न पाउनु पर्ने माग गर्दै मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधनबाट रोकेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले आफूहरुले जायज माग राखेर संसदमा विरोध जनाएको स्पष्टिकरण दिएका छन्। सभामुखले प्रमुख प्रतिपक्षीलाई बोल्न नदिई प्रधानमन्त्री केपी शर्मा... बिस्तृत

लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिदै

काठमाडौं – विवादित लोकसेवा आयोगको विज्ञापन अनुसार आवेदन फाराम भर्ने समय आज सकिने भएको छ । फाराम भर्ने भ्याद सकिनै लाग्दा हिजो धेरै आवेदकहरुले एकैचोटी आवेदन दिन लागेकाले अनलाईनमा समस्या भएको थियो । नियमित म्याद आज सकिने भएपनि दोब्बर दस्तुर तिरेर फाराम भर्ने समय भने थप एक हप्ता बाँकी... बिस्तृत

संसदमा बोल्न नपाएका प्रधानमन्त्री ओलीले डाके पत्रकार सम्मेलन

काठमाडौँ – संसदमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदको अवरोधका कारण बोल्न नपाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पत्रकार सम्मेलन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले बेलुका पाँच बजे सिंहदरबारमा पत्रकार सम्मेलन गरी आफ्नो भनाई सार्वजनिक गर्ने तयारी गरेका हुन् । संसदमा को पहिला बोल्ने भन्ने विषयमा विवाद हुँदा कांग्रेसका सांसदले... बिस्तृत

रोस्टम पुगेका प्रधानमन्त्रीले बोल्न पाएनन्, संसद बैठक स्थगित

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदले संसद बैठक सुरु भए लगत्तै रोस्टम घेराउ गरेका छन् । कांग्रेसको रोस्टम घेराउका कारण संसद बैठक स्थगित भएको छ । बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको हो । संसद बैठकमा प्रधानमन्त्री या प्रमुख विपक्षी दलको नेताले पहिले बोल्ने भन्ने... बिस्तृत