front

जोमसोम विमानस्थल १५ दिनका लागि बन्द हुने

बागलुङ –मुस्ताङको जोमसोम विमानस्थल शनिबारदेखि १५ दिनका लागि बन्द हुने भएको छ । विमानस्थलको धावनमार्गमा कालोपत्र थप गर्नुपर्ने भएकाले उडान बन्द गरिएको जोमसोम नागरिक उड्डयन कार्यालयले जनाएको छ । ‘असार ७ गतेसम्म विमानस्थल बन्द रहन्छ, कार्यालयप्रमुख भानु कोइरालाले भने, ‘त्यतिञ्जेल धावनमार्ग सुधारको काम सकिन्छ ।’ जोमसोममा हावाहुरी चल्ने र... बिस्तृत

दुई सातामा आठ यार्चागुम्बा सङ्कलकको मृत्यु

जाजरकोट – धन कमाएर परिवारलाई खुशी बनाउने र छोराछोरीका समस्या टार्ने भन्दै डोल्पाका पाटनमा गएका आठ यार्सा सङ्कलकको मृत्यु भएको छ । मृत्यु भएकामध्ये अधिकांशको लेक लागेर ज्यान गएको छ भने केहीको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट, रुकुम, जुम्ला र डोल्पाका व्यक्ति छन् । यार्सा सङ्कलनका... बिस्तृत

‘सरकारको बाहुबली शासनविरुद्ध जस्तोसुकै कदम चाल्छौँ’

डा. गोविन्द केसीको चेतावनी काठमाडौँ – केही समय यता मौन रहेका सामाजिक अभियान्ता डा. गोविन्द केसीले प्रेस स्वतन्त्रता तथा मानव अधिकारको संरक्षण र द्वन्द्वपीडितको माग संबोधनमा गम्भीर नबने सरकारविरुद्ध जस्तो सुकै कदम चाल्न बाध्य हुने चेतावनी दिएका छन् । केपी ओली नेतृत्वको सरकारका गैर–लोकतान्त्रिक तथा निरंकुशता – उन्मुख कदमहरुविरुद्ध... बिस्तृत

पेट्रोलियम पदार्थ नेपाल भित्रिन असहज

पूर्वी नेपालमा इन्धन अभाव बिर्तामोड– भारतीय भन्सार नाका पानीटेंकीमा अनलाइन बिलिङ प्रणाली लागु भएपछि चाहिएको मात्रामा नेपालमा पेट्रोलियम पदार्थका ट्यांकर भित्रिन सकेका छनन् । मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालका अनुसार भारतीय भन्सारमा अनलाइन बिलिङ प्रणाली शुरु भएकाले पेट्रोलियम पदार्थका ट्यांकर भारतबाट नेपाल भित्रिन समय लागेको... बिस्तृत