बिश्वकप क्रीकेटको दोस्रो सेमिफाइनल आज: आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै

काठमाण्डौं – इंग्ल्याण्डमा जारी एक दिबसीय क्रीकेटको दोस्रो सेमिफाइनलमा आज आयोजक इंग्ल्याण्ड र अष्ट्रेलिया भिड्दै छन् ।

वर्मिङघममा हुने खेल नेपाली समय अनुसार ३:१५ मा सुरु हुने छ । आजको खेलको बिजेताले उपाधिको लागि न्युजिल्यान्ड सँग प्रतिस्पर्धा गर्नेछ ।

सर्वाधिक पाँच पटकको बिजेता अष्ट्रेलिया इंग्ल्याण्डलाई पराजित गर्दै छैटौं पटक उपाधी जित्ने ध्याउन्नमा छ । यता आयोजक इंग्ल्याण्ड भने लिग चरणको हारको बदला लिंदै फाइनलमा स्थान सुरक्षीत गर्न चाहान्छ ।