प्लाटिनीले फिफाको सुनुवाई बहिस्कार गर्ने

जुरिचमा फिफाको इथिक्स कमिटी (अनुशासन समिति)ले शुक्रबार गर्ने भनिएको सुनुवाईमा फिफाका युनियन अफ युरोपियन फुटबल एसोसियसन (यूईएफए) का पूर्व अध्यक्ष मिसेल प्लाटिनी अनुपस्थित हुनुहुने भएको छ । यूईएफ्एका हालै निलम्वत हुनुभएका अध्यक्ष प्लाटिनीका वकीलले शुक्रबार हुने भनिएको फिफाको अनुशासन समितिको सुनुवाई बहिस्कार गर्ने जानकारी उहाँका वकीलले एएफपीसँगको बुधबार भएको कुराकानीमा बताउनुभएको छ ।
यूईएफएका निलम्वित अध्यक्ष प्लाटिनीका कानुनी प्रतिनिधिले भन्नुभयो, “प्लाटिनीले उहाँमाथिको सुनुवाईमा आफू निर्दोष सावित हुने सम्भावना नरहेको फिफाका प्रवक्ताले यसअघि सार्वजनिक गरेको भन्दै सुनुवाई निष्पक्ष नरहने निष्कर्षका साथ यसलाई बहिस्कार गर्ने इच्छा प्रकट गर्नुभएको छ ।” प्लाटिनी र फिफा अध्यक्षलाई हाल फुटबलका कुनै पनि गतिविधिबाट टाढा रहनेगरी ९० दिन लामो प्रतिबन्ध लगाइएको छ । उहाँहरूमाथि सन् २०११ मा करिब एक दशक पहिले खर्च गरिएको भनी २० लाख अमेरिकी डलर उपलब्ध गराई आर्थिक अनियमितता लगायतका आरोप छन् ।
उनीहरू दुवै जनामाथि आजीवन फुटबलका गतिविधिमा संलग्न हुननपाउने गरी खेलबाट प्रतिबन्ध लगाइन सक्ने सम्भावना भएको फिफाको अनुशासन समितिका प्रवक्ता एन्ड्रेस ब्यान्टेलले बताउनुभएको एक फ्रान्सेली खेलकुद दैनिकले जनाएको छ ।