जोकोभिचलाई विम्बल्डन टेनिसको उपाधि

लण्डन, २९ असार । शीर्ष वरीयताका नोभाक जोकोभिचले यस वर्षको विम्बल्डन टेनिसको उपाधि जितेका छन् । इंग्ल्यान्डमा सम्पन्न फाइनलमा दोस्रो वरीयताका रोजर फेडेररलाई हराउँदै जोकोभिचले करियरमा नवौं ग्रान्डस्लाम जितेका हुन् । विम्बल्डनमा भने जोकोभिचको यो तेस्रो उपाधि हो ।
प्रतिस्पर्धात्मक खेलमा जोकोभिच ७–६, ६–७, ६–४ र ६–३ ले विजयी भए । यो हारसँगै फेडेररको कीर्तिमानी आठौं पटक विम्बल्डन जित्ने लक्ष्य अपुरै रहेको छ । गत वर्ष पनि फेडेररलाई विम्बल्डन टेनिसको फाइनलमा जोकोभिचले नै हराएका थिए । यसपटक महिला एकलतर्फको उपाधि भने अमेरिकन खेलाडी सेरना विलियम्सले जितेकी छन् ।