समाज

डा. सन्दुक रुइतलाई ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान – २०७६’ प्रदान

डा.रुइतको बारेमा कक्षा १० को नेपालि किताबमा पढ्न पाइने काठमाण्डौं – डा. सन्दुक रुइत सम्मानित भएका छन् । आइतबार ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान – २०७६’ रुइतलाई प्रदान गरिएको हो । उनीसँगै नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ सम्मानित भएका छन् । डा. रुइतले तिलगङ्गा आँखा केन्द्रमार्फत् आँखाको ज्योति,... बिस्तृत

रामजानकी मन्दिर नजिकै भारतीय नागरिकको घाँटी रेटेर हत्या

सुनसरी – सुनसरीको देवानगञ्ज गाउँपालिका – २ बजार क्षेत्रमा रहेको रामजानकी मन्दिर नजिक आज बिहान घाँटी रेटी एक भारतीय नागरिकको हत्या गरिएको छ । भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय  बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए । यादवको... बिस्तृत

निर्माणाधीन मन्दिरको छतले किच्दा दुईको मृत्यु

काठमाण्डौं – पाँचथरको हिलिहाङ गाउँपालिका–७ भारपाको टारी भन्ने स्थानमा निर्माणाधीन मन्दिरको छतले किच्दा दुईजनाको मृत्यु भएको छ । स्थानीय अर्जुन रिजालका अनुसार सोमबार बिहान करिब ९ बजे निर्माणाधीन मन्दिरको छतको सटिङ खुस्काउने क्रममा मन्दिरको पूरै छत खसेर किच्दा स्थानीय जगतबहादुर राई र रुद्र राईको चेपिएर मृत्यु भएको हो ।... बिस्तृत

सुन्दै अनौठो : वृद्धभत्ता माग्‍दा मृत्यु प्रमाणपत्र !

दैलेख – जिउँदो व्यक्तिलाई मृत्युको प्रमाणपत्र ! सुन्दा अनौठो लाग्न सक्छ। तर दैलेख भगवतीमाई गाउँपालिकामा यस्तै भएको छ । वृद्धभत्ता लिन पुगेका मनिराम खत्री र उनकी श्रीमती ज्योतिकला खत्रीलाई गाउँपालिकाले नै मृत्यु भइसकेको भन्दै प्रमाणपत्र थमाएको छ । कर्मचारीको लापरबाहीका कारण जीवित व्यक्तिलाई मृत्युको प्रमाणपत्र दिइएको हो । गत... बिस्तृत

बन्दका कारण प्रदेश नं १ मा जनजीवन प्रभावित

काठमाण्डौं – नेपाल आदिवासी जनजाति महासंघले आह्वान गरेको बन्दका कारण शनिबार बिहानैदेखि प्रदेश नं एकका प्रदेशवासीहरुको जनजीवन प्रभावित बनेको छ । संविधानले व्यवस्था गरेको लोक सेवा आयोगको आरक्षण कोटा कटौती गरेको भन्दै हिजो महासंघ झापाले विर्तामोडमा पत्रकार सम्मेलन गरी बन्दको घोषणा गरेको थियो । लोक सेवा आयोगले स्थानीय तह... बिस्तृत

बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा ६५ वर्षीय वृद्ध पक्राउ

ओखलढुङ्गा – बालिका बलात्कार गरेको आरोपमा ओखलढुङ्गामा एक वृद्ध पक्राउ परेका छन् । स्थानीय १० वर्षीया एक बालिका बलात्कार गरेको आरोपमा चिशङ्खुगढी गाउँपालिका – ६ भदौरेका ६५ वर्षीय अम्बरबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको छ । घरमा कोही नभएका बेला मगरले बालिकालाई करणी गरेको भन्दै बालिकाका आफन्तले दिएको किटानी उजुरीका... बिस्तृत

लोकसेवाको परीक्षा विथोल्न खोजेको आरोपमा चारजना पक्राउ

खोटाङ – लोकसेवा आयोगको परीक्षा विथोल्न खोजेको भन्दै प्रहरीले खोटाङमा शनिबार बिहान चार जनालाई पक्राउ गरेको छ । दिक्तेलमा बिहान भएको आयोगको पाँचौँ तहको परीक्षा सञ्चालन भइरहेको केन्द्रमा पुगेर विथोल्न खोजेको भन्दै प्रहरीले नेपाल आदिवासी जनजाति महासङ्घ खोटाङका सचिव रवीन खम्बु, सह–सचिव एलबी मगर, खोटाङ दलित विकास मञ्चका अध्यक्ष... बिस्तृत

एक वर्षमा ६३ हजारले लिए ‘नो अब्जेक्सन लेटर’

काठमाण्डौं – नेपालमा स्तरीय र राम्रा शिक्षण संस्था खुले पनि उच्च शिक्षाका लागि नेपाली विद्यार्थी विदेशिने क्रम रोकिएको छैन । यसको पुष्टि गत आर्थिक वर्षमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट वैदेशिक शिक्षाका लागि लिइने ‘नो अब्जेक्सन लेटर’ बाट हुन्छ । मन्त्रालयअन्तर्गतको वैदेशिक अध्ययन अनुमति शाखाका अनुसार गत आर्थिक वर्ष... बिस्तृत

जागिरको प्रलोभनमा मानव तस्करी

काठमाण्डौं – वैदेशिक रोजगारीमा कम्बोडिया पुगेका ६ नेपाली अलपत्र परेका छन् । क्यासिनोमा आकर्षक तलबमा काम लगाइदिने प्रलोभनमा दलालमार्फत त्यहाँ पुगेका तनहुँ ऋषिङका पाँचसहित ६ जना कम्बोडिया मा अलपत्र परेका छन् । उनीहरू सीमावर्ती सहर सिमरिपका नेपाली मूलको आश्रयमा छन् । दलालको प्रलोभनमा परेर कम्बोडिया जानेमा ऋषिङ गैह्राथोकका जंगबहादुर... बिस्तृत

सेवाग्राहीसँग लिएको घुससहित सव-इञ्जिनीयर श्रेष्ठ पक्राउ

सिरहा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु. ५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको... बिस्तृत