”बोल्न छोरा” धर्मिन्द्रा शाह

हो र छोरा ?
जिउदै जलाए रे
तिम्रा साथी
हल्ला सुनेको
पल्ला घरमा
छोरा,
डिउटिमा खटिदा
बन्दुक दिदैनन र बा ?
साथीको सिरमा
भाला रोपीदा
साञ्चै, टुलुटुलु हेरेर
किन बसिस् त बा ?
तिम्रा हाकिम्ले
बन्दुक दिएर
गोली दिएन्न कि
सबै दिएर
चलाऊने अनुमती दिएन्न कि ।
हैन भने
जिउदै,आगोले जल्दै गर्दा
आत्म रक्षाकोलागि
आकाश तर्फ बन्दुक किन
पड्काइनस त बा ?
छोरा,
अवस्था हेरेर
अश्रु ग्यास हान्न
मिल्छ भन्थे त
त्यो दिन बोकेनौ र ?
अनि, आपतमा
हावाइ फायर गर्न मिल्छ
भन्ने पनि सुनेको
त्यो तिम्रो हातको बन्दुक
देखाउनलाई मात्र हो र?
होईन भने
फायर किन
खोले नौ त बा ?
सुन्दै छु,
हिजो जिउदै जलाउने
आज उन्मुक्ती पाउदै छन रे ?
ए छोरा , भनन
ति सबै निर्दोष हुन त बा ?
२\४ वटा
गोली खेर जादा हुन
हावाइ फायर गर्दा
के जान्थ्यो र बा ?
मन नपरे, २४ घण्टामा
हेड्क्बाटर तान्थे होला
बढुवामा,बल्याक हान्थे होला
तर छोरा,साथीको
ज्यान त जोगिन्थ्यो कि बा ?
साञ्चै, ए छोरा भन्न ,
दुधे नातीको
दोष के थियो ?
छोरा,त्यो दिन सगै थिईस् नि
भएको के हो ? भनि सोध्दा,
किन बोल्दैन्स् त बा ?
कि कानुनले
सत्य नबोल भन्छ ।
होईन भने
किन मुख खोल्दैन्स् त बा ?
फोनमा, ए छोरा
मलाई भेट्न आइजाभन्दा
सुरक्षा दिन खटिएको छु भन्थिस् त ।
साथी जिउदै जलाउदा
त के हेर्दै बसिस् त बा ?