आमालाई पर्खिंदा

तारा कंडेल /बेल्जियम
” सुसार तिम्रो गर्न नै मैले पापी भै पाइन
गरौला भन्ने मनैमा थियो म त्यहाँ अाइन ”
झंझटिलो परदेशको बिबसताले म त्यहाँ मन भएर पनि नआएको कुरा सत्य हो आमा । देबकोटाले मुना मदनमा भनेको माथिको श्लोकले मलाई झस्काइ रहन्छ । म तिम्रो जिर्ण शरिरलाई कर्तब्यको न्यानो दिएर सम्हार्ने बेला होयो । तर बाध्यता भनौ सन्तान प्रतिको अर्को कर्तब्य, मेरो पहिलो कर्तब्यको तगारो बनेकोले सन्तुलनको ब्यबधानमा अल्झिरहेकी छु । आमाको लामो बात्सल्यको स्वाद अटुट राख्न पुन बेल्जियममा आमन्त्रण गरेकी हुँ ।
अघिल्लो पटक आमासँग बेल्जियममा गफिँदै डुलेका क्षेणहरु पुन ताजा भएका छन । पेरिसको विश्व प्रसिध्द अाइफल टावरको टुप्पोमा पुगेर संसार नियाल्दा तिम्रो चेहरामा खुशी थियो कि डर मैले भन्न सक्दिन तर तिम्रोचेहरामा आश्चर्य मिस्रित चमक तिम्ले नभने पनि मैले देखेकी थिएँ आमा । नातिनातिना सहित पेरिसका गल्लीहरु डुल्दा होस् वा हाम्रा प्रियजन् हरी सर र हरिहर बुवाको आतिथ्यले पारेको अमिट छाप तिम्रो फोनै पिच्छेकोसोधाईबाटै प्रस्ट हुन्थ्यो । लक्षिमी दिदीभिनाजुसँग जर्मन भ्रमण गर्दा कती खुशी भएकी थियौ त्यो त छुट्टीने बेलामा तिमीले बगाएको आसुँले नै बताएको थियो । त्यो बेला मैले भनेकै हुँँ आमा चाहन्छेउ भने म आउन नपाएपनि मैले तिमीलाई बोलाई रहने छु । तिम्लाई बोलाँउदाको झन्झटिलो प्रकियाले मलाई बिचलित बनाउने छैन । देखाउनको लागि हैन मैले आमालाई भेट्न र तिम्रो आँचलमा शिर राख्नको लागि बोलाउने छु ।
मलाई राम्रैसँग थाहा छ आमा , आमा भन्दा ठुलो संसारमा केही छैन । जसको आमा छैनन ति अभागीले संसारको जती बैभब प्राप्त गरे पनि मात्री बात्सल्यको परम शुख प्राप्त गर्न सक्दैनन । भनिन्छ, आमाको बात्सल्यले नैभाग्यलाई उज्यालो बनाउँछ । आमाको आशिसको अगाडि कुनै दु:खले झम्टिन सक्दैन । इतिहाँस साँची छ आमाकै आशिर्बादले सिकन्दर महान भए । अन्जनिकै आशिर्बादले हनुमानले ग्रहलाई सन्तुलनमा राख्दै काललाईपराजित गरेर आफ्नो बुवा केसरीलाई पुनर्जिवित गराए । आमाकै नाममा लेखेको गोर्कीको उपन्यास विश्व बिख्यात हुन पुग्यो । आज दुनियाँमा आमा नपढ्ने पाठक बिरलै होलान । दुनियाँमा समुद्र भन्दा बिशाल र ब्र्हमाण्ड जस्तैअनन्त केही भाव छ भने त्यो आमाको बात्सल्य हो ।
करुणा सागर मेरी आमा पनि पुन युरोप आउनको लागि आकासमा उडिररेकी होलिन अहिले । आज दुई हज्जार सोह्रको अप्रिल अठ्ठार तारिक । मेरो जन्म दिन भन्दा पनि महत्वपूर्ण दिन । जननीसँगको पुनर्मिलनको दिन ।भावनाको यो उचाइ नाप्ने यन्त्र त छैन तर दिउसोको दुई बजे मेरो जिउदै स्वर्ग दर्शन हुनेछ । आमाको आँखाले जहाजको झ्यालबाट के चाहीँ देख्ला र खै ? मन जती छोरी’को मन चित्र भित्र होला । जहाजको उडाइको बेगपनि आमाको लागि कछुवा घिस्राइ जस्तै होला । आउ आमा छिटो आउ तिम्री छोरी,ज्वाइ र नातिनातिना उत्सुकता पुर्वक घडीको सुइ हेरेर बसेका छन । मेरा साथीहरु संगिता, कबिता,गोपी, गीतादिदी र लक्षिमी दिदीहरु पनितिम्रो मायाको लागि लालायित छन । मेरा प्रिय भाई प्रमानन्द, हरी र अंकलहरु मन सजाएर तिम्रो स्वागत गर्ने छन ।
अबको आठ घण्टा मेरो लागि साहित्यकार बिजय मल्लको अन्तिम भोज भन्दा महँगो र घनघस्याको उकालो भन्दा थकाइ लाग्ने पट्यारिलो जस्तो भएको छ । निद्राले आफ्नो नित्य प्रक्रिया र गतिलाई बिर्सेको छ । भावनामा आउनेअन्य परिवेस र परिस्थितिका काल्पनिक तरंगमा थोप्ले सारीमा सजिएकी मेरी आमाको तस्विर मुसुक्क हाँस्दै आइपुग्छ ।’आमा ‘मेरो तिर्थ ब्रत ,मेरो देबी देवता, मलाई रक्षानबाट उतारेर बिस्व भ्रमण गर्न हिम्मत र शिक्षा दिने,संसारले सम्मान गर्ने भेलेंटीना र पावेलको आमा जस्तै भावनाकी अत्यान्त पुजनीय र बहादुरिकी प्रतिमूर्ति।
आमासंग गफिएर रमाउदै पहिलो सिङ्गै रात बिताउने सोंच बनाएकी छु मनमनै । आजको रात मिलनको पहिलो रात, युरोपमा आमा छोरी एकै साथ संगै बिताएको अविस्मरणीय रात हुने छ, तर किन किन आमाँ आएपछि मेरोलागि बेल्जियम र नेपाल फरक लाग्ने छैन । मेरो मातृ भूमिको एकमुठी माटो मेरै बारीबाट उठाएर ल्याउन लगाएकी छु आमालाई । मेरी आमाँले ल्याएको जन्मभूमिको एकमुठी माटो पनि हुनेछ मसंग । ‘जहाँ मन चंगा त्यहींपबित्र गङ्गा’ भनेझैं मेरा चार धाम र स्वर्ग आमाँसंगै आउनेछन बेल्जियममा । तुफानी डायास्पोरिक जीवनको तनावलाई सान्त पार्न स्वयम्भूबाट परेवाको एक पंख र पसुपतिको अलिकति फुल पनि मगाएकी छु । मेरा स्वप्निलसंसारलाई सधै मसंगै छिपाएर राख्ने छु आमाको स्मृतिलाई जीवन्त र सजीव बनाइ राख्न । तर दिनहरु …. उफ कति पट्यार लाग्दा र लामा… आमाँलाई पर्खंदा यति लामा दिनहरु सायद बिताए हुँला र यो भन्दा अगाडि !
मेरो बाल्यकालमा आमाँ मेला पातो गर्न जाँदा माटो र घरले मेरो संरक्षकत्व गरि रहेका हुन्थे भने मायाँ र मिना जस्ता साथीहरुले भावनात्मक साथित्वको स्पर्स गराई रहेका हुन्थे । यहाँ त सुन्दरीको सेतो रक्सीको प्याला भित्रकोएकांकी प्रहशन भित्र खोक्रोपनको आभास मात्र ब्याप्त छ ।केवल भड्किला सन्तानको कर्के दृष्टि र बिना संस्कारको खोक्रो सभ्यतारुपी मिसायलले मन छियाछिया पारेको छ ।
मेरो चार धाम र बिपनाको स्वर्ग ‘आमाँको काख’मेरो छुटेको कोशेलीरुपी बात्सल्यता लिएर आमाँ आज आउदै छन् दोश्रो पटक । आमाँ कति खुशी होलिन आफ्नो वात्सल्य सन्तानकै शिरमा हात राखेर पोख्न पाउँदा । म भन्दानजिकको रगत र कर्तव्यको निकटतम आमाँको अर्को नाता पनि त छैन । आमाँको म एक्लो सन्तान,बाबाले सानैबाट आमाँ र मलाई त्यागि दिनु भो । बाबुको स्नेह त म अभागिले कहाँ पाउनु र । ठुलो बाबा ,सानो बाबा, मामा रफुपुहरुबाट टाढै भए पनि आंसिक संरक्षक पाएँ । नत्र सबै मेरी आमाँ नै त हो । नाजुक आर्थिक अवस्था भएर नै त हो मैले फिस तिर्न नसकी पहिलो पटक टेष्ट परीक्षा दिन नपाएको ! आमाँको एक्लो आर्जनले हुर्कें ,बढें र आइएसम्म पढें,धन्य छन मेरी आमा मेरो लागी ।
दुइ नाल भएकोले बुवाको पनि आफ्नो पिडा होला । बुवा हुनुहुन्छ,बस मेरोलागि उहाँ प्रतिको सम्मानमा कुनै कमि छैन । बुवा पनि मेरो लागि गुरु बन्नु भएको छ सचेतनाको लागि । जीवनका तिनै भोगाइले त म कठिन संघर्षबाटकहिल्यै नथाक्ने बिर भुषण भएकी छु, सँस्कार सहित बाँचेकि छु र सबैकी आशाकी आधार बनेकी छु अहिले । त्यसैले अतीतलाई जति पिडादाई भएपनि कहिल्यै पिडादाई भनेकी छैन मैले । मेरी आमाँको संघर्षले गर्दा आजमेरो जीवन सवल त नभनौ नराम्रो छैन।
आमाँ ,तिमि नै हौ त्यो प्रेरणाको श्रोत ,मैले पर्खेर बसेकी छु तिम्रो बेल्जियममा आत्मिक स्वागतको लागि । मेरो पनि त को छ र आखिर सर्वाङ्ग देखेर पढ्न सक्ने । त्यो एक मात्र तिमि नै त हौ । मेरो चार धाम ,स्वोर्ग, अथाहप्रेरणा र ममताको खानि मेरो आमा । छिट्टो आऊ भन्न मन लागेर पनि सकिरहेकी छैन । उड्ने घण्टाहरु अझै बाँकी छन आमाका । मलाई एक घण्टा पनि बर्ष जस्तो लागि रहेको छ। अबका सात घण्टाहरु कसरी काटुँ ,मलाइकाल कोठरीमा यातना भोगे झै गाह्रो भएको छ ।
”आमाको बात्सल्यको परिधी भेट्टाउनू इश्वर खोज्ने कार्य भन्दा कठिन छ । ”
यही भनाइ सम्झन्छु र कस्टलाई भुल्ने चेस्टा गर्छु ,नसंझौ भन्छु तर नाच्दै गाउदै तिम्रो तस्विर अगाडी आइ हाल्छ। भाइहरु र साथिहरुलाई फोन गर्छु ,समय कटाउन खोज्छु, तर के गर्नु चर्चमा बिहान बजेको घंटाले झैं लामोझंकार छोड्दै तिम्रो अनुहार ब्रसेल्स एअरपोर्ट भित्र छिरी सक्छ । मैले के गरूँ ! समय कट्दै कट्दैन । भेट घाट, यता उता र काममा समेत तिमि नै तिमि छौ,म त केवल शरीरलाई घिसारी रहेकी छु बलजफत । तिमीले मलाइतरंगित बनाइदियौ आमाँ रोमांचित हुँदै आऊ । केहि छैन, केही घण्टा यातना सरह कुरी बस्छु, मेरो अर्को बाटो पनि त छैन ।
मलाई नेपाल जाने बेलामा आमाँ भेट्न यति प्यास लागेको थिएन । अहिले अचम्मै भैरहेछ तिम्रो काखमा लुटपुटिएर रुने छु वा हास्ने छु त्यो त तिमी आएपछि आफैले थाहा पाउने छौ। मेरो कर्म क्षेत्रको पहिलो भेट मेरा लागिकस्तो रहला खै कल्पना गरेकी छैन आमाँ ।आकस्मिक भावनात्मक उतार चढाव पछी रमाइलो नै हुनेछ । आमाँ सपनाको झरीमा नुहाए झैं स्निग्ध बात्सल्यको बर्षाले नुहाएर अघिल्लो बर्ष झैँ यो पटक पनि पटक तृप्त हुने धोकोछ ।