एनआरएन इटालीद्वारा भूकम्प पीडितको नामका उठेको रकम सार्वजनिक

  • रामहरी खकुरेल, रोम-

गैर आवासीय नेपाली संघ ईटालीले भुकम्प पिडितका नाममा संकलित रकमको तथ्याङ्क सार्वजनिक गरेको छ । ईटालीमा रहेका सामाजिक संस्थाहरुको सक्रियता र स्थानीय नागरीकहरुसमेतको सहभागितामा संकलन गरिएको  एक लाख अठार हजार चौसठ्ठी युरो चालिस सेन्ट जुनको पहिलो हप्ताभित्र गैर आवासीय नेपाली संघको केन्द्रीय कार्यालयमा पठाउन लागेको एनआरएन ईटालीले जानकारी दिएको छ।

शनिवार एनआरएन ईटालीको समन्वयमा स्थानीय नेपाली संस्थाका प्रतिनीधिहरु , एनआरएन पदाधिकारीहरु र रोमस्थित महावाणिज्यदुत संलग्न वैठकले संकलित रकम भुकम्प पिडित क्षेत्रमा पुनर्निर्माणको लागि हस्तान्तरण गर्ने निर्णय गरिएको एनआरएन ईटालीका उपाध्यक्ष दिपेश रेग्मीले चारदिशालाई जानकारी दिएका छन्।

वैठकमा एनआरएएन अध्यक्ष क्षेत्रकुमार श्रेष्ठ , उपाध्यक्ष दिपेश रेग्मी , महासचिव राम कुमार राई , आइसीसी सदस्य सन्जयदेव श्रेष्ठ , नेपाली समाज रोमका अध्यक्ष देव कुमार राई, नेपाली एसोसिएसन भेनिसका अध्यक्ष अम वहादुर पुन, नेपाली समाज पिसाका अध्यक्ष सन्तोष पाण्डे र ईटालीका लागि नेपाली महावाणिज्यदुत पाओलो नुगारीको उपस्थिति थियो।

यस अघि नै गैर आवासीय नेपाली संघले गोरखाको लाप्राकमा पुनर्निर्माणको लागि ईटालीवाट संकलित रकम खर्च गरिने एनआरएन केन्द्रिय कार्यालयले जनाएको छ। राहत संकलनमा विशेष सक्रियताका साथ गरेका महावाणिज्यदुत पाओलो नुगारीलाई लाप्राक पुननिर्माण समितिमा एनआरएनले आग्रह गरेको छ।

लाप्राकको पुननिर्माणको लागि ईटालीको तर्फवाट स्वयंसेवक परिचालन गरिने र त्यसको लागि नेपालको लागि सहयोगी हातहरुलाई अनुरोध गरिने एनआरएन अध्यक्ष क्षेत्रकुमार श्रेष्ठले जानकारी दिएका छन्।

यस्तो छ ईटालीवाट संकलित रकमको विवरण

  • मितेरी मन्च मिलानो:- १८,१६१।२५ यूरो
  • नेपाली समाज रोम:- २४, ३१४।०० यूरो
  • नेपाली एसोसिएसन भेनिस:- १२,२१३।४० युरो
  • नेपाली समाज पिसा:- १०,९१९।०२ यूरो
  • टोरनोस्थित नेपालीवाट:- १८१५।०० यूरो
  • नेपाली समाज भारजे:- १३६१।०० यूरो

जम्मा संकलित रकम :- ६८ ,७८३।६७ यूरो

यस अघि नै खातामा संकलित :- ३६०६२।३३ यूरो

कुल रकम :- १,१८,०६४।४०  यूरो

पुनर्निर्माणको लागि संकलित रकममध्ये   जन्मा हुन वाँकि रहेको १३,२१८।४० यसै साता जम्मा हुने र यस अघि नै जम्मा भैसकेको ३६ हजार वैसठ्ठी युरो तेत्तीस सेन्ट समेत गरेर जम्मा रकम एक लाख अठार हजार चौसठ्ठी यूरो चालिस सेन्ट एनआरएनको केन्द्रको पुनर्निर्माण खातामा जम्मा हुनेछ । गत वर्ष पनि गैर आवासीय नेपाली संघको समन्वयमा एक लाख यूरो  एनआरएन केन्द्रिय कार्यालयमा हस्तान्तरण गरिसकिएको छ। यस पटकसमेतको रकम जन्मा गर्दा ईटालीको तर्फवाट संगठित रुपले जम्मा गरिएको रकम दुई लाख अठार हजार चौसठ्ठी  यूरो चालिस सेन्ट पुग्नेछ ।