एना वेल्जियमले गर्यो संगित प्रशिक्षण कार्यक्रम

चारदिशा सम्वाददाता।

आइतवार वेल्जियमको लूभेन स्थित अोन्स हाउसमा एकदिने नेपाली संगित प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। एना वेल्जियमले आयोजना गरेको उक्त कार्यक्रममा नेपालका वरिष्ट लोकगायक जयनन्द लामाले नविदित गायक गायिकाहरुलाई सांगितिक प्रशिक्षण दिनुभएको थियो।

एना वेल्जियकी अध्यक्ष पार्वती अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा  प्रमुख अतिथि गैर आवासीय नेपाली संघ वेल्जियमका अध्यक्ष गंगाधर गौतमले नेपाली  गीत संगितलाई प्रवासमा पनि जीवन्त  राख्न आवश्यक रहेको उल्लेख गरे।

तमाङ संघ वेल्जियमको निमन्त्रणामा साँगितिक कार्यक्रम गर्न वेल्जियम आइपुगेका लामाले भारतीय साङ्गितिक लिपिको रुपमा  सरगम ( सारेगमपधनिसा) प्रचलनमा रहेतापनि हाम्रो आफ्नै सरगम ताल रहेको र त्यसवारे अध्ययन अनुसन्धान गर्नुपर्ने आवश्यकतामा जोड दिएका थिए। नेपाली साङ्गितक लिपिको रुपमा (आ, र, ग,म,प,ल,मि,) प्रयोग भएको पाइएको र त्यस  सम्वन्धि दुईवटा पुस्तकहरु प्रकाशन भैसकेका लामाले जानकारी दिए ।

कार्यक्रममा एना वेल्जियमा निवर्तमान अध्यक्ष पदम गुरुङ  तथा तमाङ समाजका चन्द्र व्लोमले नेपाली संगितलाई प्रवर्धन गर्नुपर्नेमा आ-आफ्नो धारणा व्यक्त गर्नुभएको थियो।