सन् २०१६ मा तीन लाख भन्दा बढी आप्रबासी यूरोप पुगे

जेनेभा  । सन् २०१६ को शुरुदेखि सेप्टेम्वरसम्ममा भूमध्यसागरीय क्षेत्रको बाटो गरी यूरोप पुग्ने शरणार्थीको जनसङ्ख्या तीन लाख भन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघले मङ्गलबार जनाएको छ ।
सेप्टेम्वरसम्ममा भूमध्यसागरीय क्षेत्रको बाटो गरी यूरोप आइपुग्ने शरणार्थीको जनसङ्ख्या तीन लाख भन्दा बढी पुगेको संयुक्त राष्ट्रसंघका शरणार्थी मामिला हेर्ने संस्था (युएनएचसीआर) का प्रवक्ता विलियम स्पिन्लरले एक पत्रकार सम्मेलन गरी जानकारी गराउनु भयो ।
सन् २०१५ को सोही अवधिमा भूमध्यसागरीय क्षेत्रको बाटो गरी ग्रीस, इटाली, जर्मनी, फ्रान्स लगायत यूरोपेली मुलुक आइपुग्ने आप्रबासी शरणार्थीको सङ्ख्यामा कमी आएको छ । गत बर्ष यो बर्षको भन्दा करिब दुई लाख बढी आप्रबासी यूरोप छिरेका थिए अर्थात् सन् २०१५ मा सो बाटो यूरोप पुग्ने आप्रवासीको सङ्ख्या पाँच लाख २० हजार रहेको संयुक्त राष्ट्रसंघको तथ्याङ्कमा छ ।
प्राय गरी सिरिया, यमन, टर्की, अफगानिस्थान, लगायत केही अफ्रिकी मुलुकमा भएको द्वन्द्वका कारण पछिल्ला बर्षहरुमा यूरोप आउने आप्रवासी शरणार्थी सङ्ख्यामा बृद्धि भएको छ ।
यी देश लगायतका मुलुकबाट गरिबी तथा द्वन्द्वका कारण जीवन बचाउनकै लागि ठूलो सङ्ख्यामा मानिसहरु यूरोप प्रवेशगर्न थालका र यसले यूरोपमा शरणाथी व्यबस्थापनमा समस्या उत्पन्न भएपछि केही यूरोपेली मुलुकले आफ्नो सिमाक्षेत्रमा कडाई गरी प्रबेशमा कडाई गरेपछि शरणार्थीका रुपमा यूरोप आइपग्ने विदेशीको सङ्ख्यामा कमी आएको हो ।