संयमित र एक ढिक्का वन्नुस् – महासमिति सदस्य राम थापाको प्रेस विज्ञप्ति

चारदिशा सम्वाददाता।

जन सम्पर्क समिति वेल्जियममा आन्तरिक विवाद चुलिँदै जाँदा सवैतिरवाट चासो र चिन्ता प्रकट भएको छ। आपसी समझदारी र कमि कमजोरीको समिक्षा गर्दै अगाडि वढ्नुपर्नेमा संस्थाका अग्रजहरुले जोड दिएका छन्।

नेपाली काँग्रेस महासमिति सदस्य राम थापाले शु्क्रवार एक प्रेस वक्तव्य जारी गर्दै हाल विकसित भैरहेको घटनाक्रमले संस्था र नेपाली समाजलाई भलो नहुने निष्कर्ष निकाल्दै संयमित रहन सवैमा आह्वान गरेका छन्।

चारदिशालाई प्राप्त भएको प्रेस विज्ञप्तिको विवरण

प्रेस बक्तब्य

गैर आबासीय नेपाली संघ बेल्जियमको हालै सम्पन्न निर्बाचनको मतपरिणाम पश्चात नेपाली जनसम्पर्क समिति बेल्जियम भित्र देखिएको आन्तरिक विवादले गम्भीर ध्यानकर्षण भएको छ। निर्बाचनमा जाने समयमा होस् या निर्बाचनका पुर्बसंध्या र निर्बाचन क्रममा संस्था र संस्थाका जिम्मेवार व्यक्तिबाट भएका कमि कमजोरी हरुको समिक्षा संस्थाको औपचारिक बैठक बाट गर्ने ठाउ हुदाहुदै संस्थाको बिधि र बिधान बिपरित जुन खाले अभिव्यक्तिहरु संस्थाका जिम्मेवार व्यक्तिहरुबाट सामाजिक संजालमा आएका छन् यसले समग्र संस्थालाइ हित गर्दैन भन्ने मेरो ठम्याई रहेको छ। जनसम्पर्क समिति बेल्जियमले अबिलम्ब बैठक /आम भेला आब्हान गरि यस बिषयमा गम्भीर समिक्षा गरि निचोडमा पुर्याउनु हुन् सम्बन्धित सबैमा बिनम्र अनुरोध गर्दछु। साथै नेपाली जनसम्पर्क समिति बेल्जियम भित्र अहिले देखिएको संकटको यो घडीमा सबै लाइ संयमित रहन आग्रह गर्दै संस्थालाइ एक धिक्का बनाउनको लागि पहल गर्नुहुन यस संस्थाका पुर्ब अध्यक्षहरु,अग्रजहरु,सल्लाहकार,संरक्षक ज्यु लगायत बर्तमान कार्यसमितिका साथीहरू सहित जनसम्पर्क समिति बेल्जियमका सदस्यहरु सबैमा हार्दिक अपिल गर्दछु।
राम थापा
महासमिति सदस्य
नेपाली कांग्रेस बेल्जियम
तथा
सदस्य जनसम्पर्क समिती बेल्जियम