बेल्जियममा परोपकारी साँस्कृतिक कार्यक्रम हुदै

चारदिशा सम्वाददाता , बेल्जियम ।
बेल्जियममा ११ बर्ष पहिले स्थापित सामाजिक सँस्था साँग्रिला समाजले नेपालको पर्वत नाङलीबाङस्थित विद्यालयलाई कम्युटर लगायत शैक्षिक सामाग्री तथा अन्य सामाजिक परोपकारी कार्यका लागि आगामी  ४ जुलाई २०१६ सोमवार लुभेनमा परोपकारी साँस्कृतिक साँझको आयोजना गर्ने भएको छ । नेपालका ख्यातिप्राप्त लोकदोहोरी गायक गायिका याम बहादुर क्षेत्री र देवी घर्ती लगायत स्थानीय कलाकारहरुको प्रस्तुति रहने छ ।
 समाजका अध्यक्ष खडक के.सी.का अनुसार यहाँको चेस क्याफे- Chess Cafe, Fonteinstraat 1/A, 3000 Leuven मा अपरान्ह ५ बजेबाट कार्यक्रम शुरु हुनेछ । कार्यक्रमको  प्रवेश शुल्क १२ यूरो रहेको छ । स्थानीय संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रम सफल तुल्याउन समस्त नेपाली समुदायमा समाजले अपील गरेको छ ।