प्रबासी नेपाली मन्च बेल्जियमको अधिबेशन २७ सेप्टेम्बरमा ।

१४ सेप्टेम्बर, बेल्जियम । प्रवासी नेपाली मन्च बेल्जियम (ONF Belgium) को ५ औं अधिबेशन यहि आउदो सेप्टेम्बर २७ तारिकमा Antwerpen मा हुने भएको सूचना सो संस्थाको अध्यक्ष अर्जुन गुरुगंले दिएका छन् ।

पहिले NDF भनेर चिनिने यो संस्थाले हालैको दिनमा आफ्नो नाम परिवर्तन गरेर ONF राखेको थियो ।

अध्यक्षले २७ तारिकको दिन Antwerpen मा रहेको नेपालिहरुको होटल नेशनल होटल (nationalestraat 40, 2000 Antwerpen) मा दिउसो १ बजेबाट सुरुहुने पनि बताउनु भयो ।

यसको लागि आफ्नो संगठनिक सदस्यहरुको सदस्यता रिन्यु गर्ने कार्यलाई तिब्ररुपमा अगाडी बढाएको , आगन्तुकहरुलाई बोलाउने र निमन्त्रणा दिनेकाम हुदैगरेको । पाहुनाहरुको लागि होटलको ब्यबस्थापन भैसकेको पनि बताउनु भयो ।

यो संस्थाले समर्थन गरेको सरु चापागाँईको प्यानलले हालै भएको एन आर एन बेल्जियमको चुनाबमा गंगाधर गौतमको समाबेसी प्यानल ( मावोबादी, कांग्रेस, जनजाती लगायत अन्य) संगको प्रतिश्पर्धामा सम्मानजनक मत ल्याई झिनो मतले पराजित भएको थियो ।